सुन्दरकुमार थकाली, मुस्ताङ । जिल्ला स्थित विपद् व्यवस्थापन समितिको बैठक हालै जिल्ला प्रशासन कार्यालयमा संपन्न भएको जनाईएको छ ।वर्षायामको मौसम अविरल वर्षाका कारण विभिन्न स्थानमा भएको धनजनको क्षती विवरणको लागत तयार गर्ने तथा क्षती भएका स्थानको समिक्षा गर्दे गण्डकी प्रदेश सरकारलाई पत्रचार गर्ने निर्णय गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल जानकारी दिए ।
हालै लगातारको अविरल वर्षाका कारण वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर २ पर्ने पुडाक सिचाई कुलो पुर्ण रुपमा क्षती पुगेको थियो ।सो स्थानमा सिचाईमा प्रयोग भएको पाईप र निर्मित कुलो पुर्ण रुपमा नष्ट भएको हो ।जसबाट २१ लाख बराबरको भौतिक संरचना नष्ट भएको समितिको ठहर छ ।सोही गाउँपालिका वडा नम्बर १ मा पर्ने ओखर बोटले बसेको प्राचिन बस्ती लुप्रा गाउँलाई लक्षित गर्दे पान्डाखोलाको नदी कटानले बस्ती जोखिममा परेपछि बस्ती संरक्षण गर्न खोलाको धार परिवर्तन गर्न डोजर प्रयोग गर्दा ५ लाख खर्च भएको समितिले जनाएको छ ।त्यस्तै,जोमसोम÷ मुक्तिनाथ सडकमा पर्ने पान्डाखोला नजिकै रहेको बस्ती संरक्षणका लागि खोलाको बहाव नियन्त्रण गर्न २ लाख खर्च भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ कागबेनी धर्मशालाको छेउमा २ वर्षअघि पुर्ण वाणिज्यमन्त्री रोमी गौचन थकालीको सांसद बिकास कोषको आथिक सहयोगमा निर्माण भएको कागबेनी देखि नजिकैको तिरी गाउँ जोड्ने अन्दाजी ५० मिटर लामो काठेपुल कालिगण्डकी नदीको कटानले बगाउदा २१ लाख क्षती भएको हो भने धार्मिक महत्वको श्राद्ध स्थल समेत जोखिममा परेको समितिले जनाएको छ ।यसपटकको अविरल वर्षाले वारागुङ मुक्तिक्षेत्रको ३ वटा वडामा वर्षा र नदी कटानले क्षती पु¥याएको समितद्धारी जारीपत्रमा उल्लेख गरिएको छ।
त्यस्तै,यसवर्षको लगातार परेको वर्षाले घरपझोङ गाउँपालिका ५ ठिनी गाउँ माथिको खोलाको मुहानबाट जोमसोममा सिचाईका लागि प्रयोग भएको मुहान समेत बाढीले नष्ट गरेको जनाएको छ ।ठिनी खोलाले सिचाई मुहान नष्ट गरिदिदाँ करिव १५ लाख बराबरको आर्थिक क्षती पुगेको समितिले जनाएको छ ।समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पौडेलले घरपझोङ गाउँपालिका वडा नम्बर २ मार्फामा पनि कालिगण्डकी नदीको कटानले स्याउँबारी तथा खेती योग्य जमिन र सार्वजनिक बिकासमा क्षती पु¥याएको जानकारी प्राप्त भएको र त्यसको पनि क्षती बिवरण संङ्कलन गरी प्रदेश सरकारलाई जानकारी गराईने उल्लेख गरे ।

यसअघि कागबेनीमा नदी कटानले क्षती पु¥याएपछि जिल्लाका सरोकारवाला निकायको टोलीले घटना स्थलको निरीक्षण गरेको थियो ।नदी कटानले दोहोरो आवत जावत प्रभावित भएपछि बैकल्पिक व्यवस्थाका लागि बज्रदल गण जोमसोम,सैनिक उच्चशिखर शिक्षालयका नेपाली सेनाका जवानहरु तथा स्थानीयवासीले तत्कालका लागि नजिकैको जीर्ण झोलु®े पुलको मर्मत संम्भार गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला