गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
रञ्जन अधिकारी, पोखरा । पोखरा २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गर्नेलाई कास्की प्रहरीले एक दिनमै समातेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै सफलता हात परेको हो ।
श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेका हुन् । घटनापछि शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरु सबै पुम्दीभुम्दीकै हुन् । तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने स्विकार गरिसकेको गोप्य श्रोतले बताएको छ ।
यसबारेमा पुष्टि गर्न कार्यक्षेत्र रहेको वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी नविन कार्कीलाई सोध्दा अपराधमा संलग्न पक्राउ परिसकेको जनाए । यद्यपी, उनले पक्राउ परेकाबारे थप कुरा खोल्न चाहेनन् । उनले पत्रकार सम्मेलन गरेरै यस सम्बन्धमा जानकारी दिने उल्लेख गरे ।
डिएसपी कार्की नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गर्ने देखि अन्य प्रारम्भिक अनुसन्धानको काम गरेको थियो । मंगलबार विहान ८ बजे स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । मध्येरात ११÷१२ बजेसम्मै अनुसन्धान पश्चात् संलग्न पक्राउ गर्न सफल भएको हो ।
सोमबार साँझदेखि हराएकी श्रीया विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिईन् तर उनी एकाएक हराएकी थिईन् । मंगलबार बिहानै उनलाई झाडीमा मृत अर्धनग्न भेटिएको थियो ।
यसअघिको समाचार (घटनाबारे विस्तृत) का लागि यहाँ क्लिक गर्नुहोस्:
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला