बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल

पक्राउ

बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल

gahana lutnee

बाढीले बगाएर भरतपुरमा फेला परेका शवहरूबाट अमानवीय तरिकाले कानको गरगहना लुटपाट गर्नेहरू पक्राउ परेका छन् ।

संकटको मौका छोपी विपद्‌मा ज्यान गुमाएका नागरिकको शवबाटै गहना चोर्ने घृणित कार्यमा संलग्नहरूको पहिचान गर्न प्रहरी परिचालन गरिएको थियो ।

नवलपरासीका मदन गुरुङ र सुनसरीका उमेश चौधरीलाई पक्राउ गरिएको छ ।

बाढीका कारण ज्यान गुमाएका व्यक्तिको शवबाट गहना निकालिएको विभत्स भिडियो सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ।

यसैबीच, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले सामाजिक सञ्जालमार्फत कानुनी प्रावधान स्मरण गराउँदै संकटको फाइदा उठाएर चोरी गर्नेहरूलाई कडा कानुनी कारबाही हुने चेतावनी दिएकी छन्।

कानुन मन्त्रालयका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा २४२ (१) (ग) बमोजिम भूकम्प, आगलागी, बाढी, हुलदङ्गा, दुर्घटना वा यस्तै सङ्कटापन्न अवस्थाको मौका छोपी सम्पत्ति चोरी गरेमा २ वर्षदेखि ७ वर्षसम्म कैद र २० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ