धादिङका सांसद, मन्त्री ज्यू बाटो कहिले बन्छ ? दशैंको बेला आरुघाट जाँदै गरेको बस दुर्घटना

धादिङका सांसद, मन्त्री ज्यू बाटो कहिले बन्छ ? दशैंको बेला आरुघाट जाँदै गरेको बस दुर्घटना

dhading accident (2)

धादिङ मुलुककै प्रमुख जिल्ला । राजधानी भित्रने मुख्य नाका रहेको जिल्ला । बत्ती मुनिको अध्याँरो भनेझैं राजधानीको छिमेकी भएर पनि विकास भएको छैन । सदरमुकामबाट गाउँ गाउँ जाने बाटोको हालत दयनीय छ । वर्षेनी ज्यान नै जाने गरी दुर्घटना हुने गरेको छ ।

धादिङका सांसद संघीय मन्त्री देखि प्रदेश सरकार मन्त्रीसम्म भए । तर, विकासको नाममा केहि गर्दैनन् । सधैं मन्त्री भइरहने सांसदहरुले सडकको अवस्था कस्तो छ ? देखेर पनि लाज पचाएर हिँड्छन् । ५/५ वर्षमा भोट माग्न हिँड्नुबाहेक अरु काम छैन । वर्षमा एक पटक दशैंमा घर जान पनि आत्तिनुपर्ने अवस्था छ ।

धादिङबेसी –सल्यानटार सडकखण्ड अन्र्तगत नीलकण्ठ नगरपालिका १० भदौरेमा बुधबार बस दुर्घटना हुदाँ ५ जना घाईते भए । सदरमुकाम धादिङबेसीबाट आरुघाटतर्फ जाँदै गरेको ना ४ ख ५६३९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएका बसका सहचालक सिद्धलेक गाउँपालिका २ बस्ने २२ बर्षीय शिव कसाई गम्भिर घाईते भएका छन् । उनको तिग्रामा गम्भीर चोट लागेको छ ।

दुर्घटनामा भारतको गोरखपुर बस्ने ३० वर्षीय सतिस शर्मा, सिन्धुलीको दुधौली नगरपालिका बस्ने १८ वर्षीय अनिल अधिकारी, बारा बेलडाडी बस्ने ६५ वर्षीय रामदोनि महतो र सोहि स्थानका ३८ वर्षीय नन्दकिशोर महतो घाईते भएका छन् । घाईतेहरुको उपचारका लागि धादिङबेसी ल्याइदै गरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ