पोखरा, २५ असोज । कास्कीको ट्राफिक ब्यवस्थापनमा विशेष योगदान पु¥याएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्ल सम्मानित भएका छन् ।
६३ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमान, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले कदरपत्र सहित सम्मान गरेका हुन् ।
मल्लले जिल्लाको ट्राफिक प्रहरी व्यवस्थापनमा योगदान पु¥याएको भन्दै प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको हो ।
विभिन्न विधाका सम्मानित उत्कृष्ट प्रहरी कर्मचारीहरूः
उत्कृष्ट साहसिक कार्य तर्फः सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट प्रहरी जवान ओम बहादुर सोमै,
उत्कृष्ट अपराध अनुसन्धान तर्फः जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी साहायक निरीक्षक सन्तोष सुवेदी,
उत्कृष्ट साहसिक कार्य (प्राकृतिक प्रकोप उद्दार तर्फ): जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायब निरीक्षक हीरा थापा मगर
उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फः वडा प्रहरी कार्यालय वालिंग स्याङ्जाबाट प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य
उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारी तर्फः जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक ऐन बहादुर मल्ल
उत्कृष्ट कार्यालय ब्यबस्थापन तथा अन्य तर्फः वडा प्रहरी कार्यालय वैदाम कास्कीबाट प्रहरी नायब उपरीक्षक नविन कार्की
उत्कृष्ट प्रहरी कार्य तर्फः ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक गोविन्द पुरी
उत्कृष्ट जिल्ला प्रहरी प्रमुख तर्फः जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक ओम बहादुर राना

तस्विरः मेरो हेडलाइन
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’