श्यामशितल परियार,लमजुङ । लमजुङका जनप्रतिनिधलाई समुदाय–प्रहरी साँझेदारी कार्यक्रमबारे जानकारी गराईएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारमा आयोजित एक कार्यक्रममा समुदाय–प्रहरी साँझेदारी कार्यक्रमबारे जानकारी गराईएको हो ।
राष्ट्रव्यापी समुदाय–प्रहरी साँझेदारी कार्यक्रमबारे जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष लगायतलाई पहिलोचरणमा यसबारे जानकारी गराईएको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिप्रका लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक यादव ढकाल, जिप्रकाका ईन्स्पेक्टर वसन्त पाण्डे, ईलाका प्रहरी कार्यालय भोटेओडारका ईन्चार्ज ईन्स्पेक्टर रमेशप्रसाद श्रेष्ठले कार्यक्रमबारे जानकारी गराएका हुन् ।

स्थानीय सरकारका जनप्रतिनिधिले यस कार्यक्रममा सहमति जनाउँदै हस्ताक्षर समेत गरेका छन् । समाजमा अपराध हुन नदिनका साथै समुदायमा अपराध न्युनिकरणमा यस कार्यक्रमले टेवा पुग्ने उनीहरुको तर्क छ ।
अपराध न्युनिकरणका साथै समुदायमा सचेतना जगाउन प्रहरीको साथमा समुदायको पनि महत्वपूर्ण भूमिका हुने प्रजिअ झंकनाथ ढकालले बताउनुभएको छ । यस कार्यक्रम केन्द्रदेखी तल्लो तहसम्म पुग्ने समेत उनले जानकारी गराएका छन ।
समाजमा शान्ति–सुरक्षा, अमनचयन कायम राख्ने हेतुले नै सरकारले यस कार्यक्रम ल्याएको प्रनाउ यादव ढकालले बताए । यस कार्यक्रमले समाजमा विकृति–विसंगति, अपराध न्युनिकरणमा टेवा पुग्ने ईन्स्पेक्टर रमेशप्रसाद श्रेष्ठले बताए । जिससका प्रमुख लोकराज पाण्डेले यस कार्यक्रमलाई सफल पार्न सबैको साथ÷सहयोग महत्वपूर्ण हुने धारणा राखेका छन ।
सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले समुदाय–प्रहरी साँझेदारी कार्यक्रमलाई सबै मिलि कार्यान्वयन गर्न सकिए सभ्य समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?