लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान

लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान

निर्वाचन कर्मचारीले छाडेका थिए झोला

lake buuu

पोखरा–६ लेकसाइडस्थित लालुपाते मार्गमा सडक किनारमा फेला पारेको शंकास्पद झोलामा भेटेनरीको सामान भेटिएको छ ।

एक पसल अघि एक अपरिचत व्यक्तिले राखेर गएको झोलाबाट गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु फेला परेको सूचनापछि आर्मीको बम डिस्पोजल टोली पुगेको थियो ।

पोखराको एक मतदान केन्द्रमा खटिएका कर्मचारीले पसलमा झोला राखेको खुलेको छ ।

नेपाली सेना करीब २ घण्टादेखि निस्क्रिय पार्ने प्रक्रियामा रहँदा शंकास्पद वस्तु राखेको समाचार थाहा पाएपछि उनले झोला आफ्नो भएको बताउँदै आएका थिए ।

स्थानीय आक्रोसित भएपछि वडा प्रहरी कार्यालय बैदामले उनलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले झोला राख्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे । झोलामा नाइट्रोजन ग्याँस लगायतका सामानहरु थिए ।

उनलाई अहिले वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । उनको झोलामा भेटिएको पत्र अनुसार उनी पोखराको तालबाराही मावि बैदाम ‘ख’ मतदान केन्द्रमा सहायक कर्मचारीको रुपमा खटिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ