किरण श्रेष्ठ, तनहुँ । तनहुँको पर्यकिय गाउँ हिलेखर्कमा रोटरी क्लब अफ दमौलीले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । क्लबले आइतबार तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर ६ मा रहेको पर्यटकिय गाउँ हिलेखर्कमा शिविर गरेको हो । एक दिने निशुल्क स्वास्थ्य शिविरको सहआयोजक आबुखैरेनी गाउँपालिका रहेको थियो ।

त्यस्तै मणिपाल शिक्षण अस्पताल पोखराको प्रविधिक सहयोग र डाबर नेपाल लगायत अन्य विविध संघसंस्थाको विशेष सहयोगमा उक्त शिविर हिलेखर्कमा सम्पन्न भएको हो । शिविरको प्रमुख अतिथि आबुँखैरनी गाँउपालिका अध्यक्ष गिर बहादुर थापाले १०३ वर्षीय मंगल बहादुर गुरुङलाई औषधी दिएर उद्धघाटन गरेका थिए । सो अवासरमा उनले क्लबले गरेको उक्त निशुल्क स्वास्थ्य शिविर एकदमै राम्रो भएको बताउदै क्लब लाई धन्यबाद व्यक्त गरेका थिए ।

रोटरी क्लबको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित उक्त निशुल्क स्वास्थ्य शिविरमा ३ सय २७ जनाले उपचार तथा परामर्श लिएका कार्यक्रम संयोजक दामोदर भण्डारीले जानकारी दिए । शिविरमा नाक, कान, घाटी तथा थाइराइड, स्त्री तथा प्रसुती, बाल रोग विशेषज्ञबाट सम्बन्धि रोगको उपचार गरिएको छ । त्यसैगरि सामान्य चिकित्सक पेट, छाती तथा मुटु रोगको समेत उपचार गरिएको थियो ।

मणिपाल शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ कृष्ण कोइरालाको नेतृत्वमा आएको विशेषज्ञ टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा एक महिनाको शिशु देखी १०३ वर्षीय वृद्धसम्मको स्वास्थ्य परिक्षण गरिएको संयोजक दामोदर भण्डारीले जानकारी दिए । शिविरमा १ सय ८७ जना महिला र १ सय ४० जना पुरुषको स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरिएको थियो ।

शिविरमा नाक कान, घाँटी र थाइराइड रोगका विशेषज्ञ डा. कृष्ण कोइराला ,जनरल फिजिसीयन डा. लेखनाथ लम्साल, सुदिप ओली, सुजन शर्मा, बाल रोग विशेषज्ञ डा. सुवास बस्नेत, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. अप्राजिता सिन्हा, असिस्टेंट नर्स सविना रानाभाट, असिस्टंटे फार्मेसी सुरेश आचार्य, सिएमए राजेश क्षेत्रीले सेवा प्रदान गरेका थिए । शिविरमा सम्बन्धित रोगका बिरामीलाई निशुल्क औषधी वितरण तथा स्वास्थ्य सम्बन्धी सल्लाह र परामर्श लगायतका सेवा प्रदान गरिएको थियो ।

रोटरी क्लबका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले सरकारको नजर पुग्न नसकेका दुर्गम क्षेत्रमा रोटरीले सेवा गर्दै आएको बताए । सेवासँगै रोटरीले ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे प्रवद्र्धनमा सहयोग गर्दै आएको उनले बताए । ग्रामीण भेगका मानिसको आर्थिक उन्नतिका लागी यस्ता कार्यक्रमलाई पर्यटनसँग जोडेर हेर्न उनले आग्रह गरे ।

कार्यक्रममा रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष एवम् पुर्व सांसद रामचन्द्र पोख्रेल, गाँउपालिका उपाध्यक्ष पुष्पदवी श्रेष्ठ, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत, श्रीकृष्ण पौडेल, डिष्ट्रिक्ट ट्रेनिङ को–ट्रेनर हरिसिं गुरुङ, रोटरी क्लब रिप्लेका इस्ट भर्जिनिया अमेरिकाका पूर्व अध्यक्ष चक कनर, वडा अध्यक्ष सुनाराम गुरुङ, गाँउपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र जोशी, रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ, हिलेखर्क भृकुटी समूहका अध्यक्ष चन्द्रप्रकाश गुरुङ, स्वस्थ्य चौकी प्रमुख रामकृष्ण चौधरी, समाजसेवि नेपाली सेनाका पूर्व कर्णेल सुधिर गोदार लगायत रोटरीका पूर्व अध्यक्षहरु तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

उक्त शिविरमा रोट्रयाक्ट क्लब अफ दमौलीले स्वयंसेवकको रुपमा सहयोग गरेका थियो । शिविर लाई हिलेखर्क भृकुटी समुहका अध्यक्ष चन्द्र प्रकाश गुरुङ र उनको समुहले विशेष सहयोग गरेका थिए ।

तनहुँको पर्यकिय गाउँ हिलेखर्क
हिलेखर्क
बन्दीपुरबाट हिलेखर्क १५ किमि टाढा छ । हिलेखर्क, तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर ६ मा पर्छ । यो गाउँ समुन्द्री सतहबाट १७०० मिटरको उचाइमा रहेको छ । बन्दिपुर बाट १ घण्टा ३० मिनेटको समयमा गाडी बाट पुग्न सकिन्छ ।

हिलेखर्कका आधा दर्जन घरमा होमस्टे सुविधा छ । त्यहाँ स–साना पसल पनि छन् । केही होटल छन् । पाहुना स्वागत गर्न बसेका सुन्दर मन छन् । सुपथ मूल्यमा पाइन्छ लोकल कुखुराको मासुभात, गुन्द्रुक र ढिँडो । साथमा नरेपा पनि । चिसो ठाउँ गाउँले परिवेश, एकान्तको बस्ती ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’