तनहुँ । तनहुँको दमौलीमा जारी तेस्रो आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको समापन आज मंगलबार हुदैछ । महोत्सव मंसिर १० गते समापन गरिने तयारीका साथ संचालित महोत्सवमा दर्शकको उल्लेख्य सहभागिताका कारण महोत्सव एक दिन थप गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष एवं महोत्सव मुल समारोहकी संयोजक बसुन्धरा घर्तीले जानकारी दिइन ।

महोत्सवको अन्तिम दिन आज मंगलबार चर्चित गायिका ज्योति मगर र गायक राजु ढकाल आउने कलाकार व्यवस्थापन उपसमितिका संयोजक रग बहादुर गुरुङ्गले जानकारी दिए । साथै महोत्सवमा मंगलबार स्थानीय कलाकारहरुको प्रस्तुति समेत् रहने संयोजक गुरुङले बताए ।
गण्डकी प्रदेशकी सांसद सरिता गुरुङ्गद्वारा महोत्सवको समापन गरिने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष एवं महोत्सव मुल समारोहकी संयोजक बसुन्धरा घर्तीले बताइन् ।

आदिवासी जनजातिको जीवन्त संग्राहलय निर्माण गर्ने उद्देश्यले आयोजित महोत्सवमार्फत् जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्दै प्रचारप्रसारमा टेवा पुगेको घर्तीले बताइन् ।
सोमबार एघारौँ दिनमा गायक प्रजापति पराजुली, कला लम्साल, गुल्मी गाइजका हरि कर्माचार्य, निश्चल थापा, हास्य नृत्यकार प्रताप हुमागाई लगायतका कलाकारहरुले आआफ्नो प्रस्तुति पस्केका थिए । महोत्सवमा हजारौँ दर्शकको भिड लाग्नुका साथै लाखौँको आर्थिक कारोबार भएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।
“अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ ! भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ” भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक प्रदर्शनीहरु समेत भएको आयोजकले जनाएको छ ।
दर्शकहरुलाई विशेष मनोरञ्जन दिन र आदिवासी जनजातिको संस्कृतिको संरक्षणका लागि झाँकी, मौलिक, लोपोन्मुख संस्कृतिहरुको प्रस्तुति समेत भइरहेको घर्तीले बताइन् । महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूना ग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको बताइएको छ ।
महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, जानकारीका लागि पुस्तक प्रदर्शनी, कृषि उत्पादनका विक्री तथा प्रर्दशनका स्टल, विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री कक्ष, कम्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा विक्री कक्ष रहेको छ । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ ।
यो पनि पढ्नुहोस :
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’