तनहुँ । तनहुँको दमौलीमा भएको तेस्रो आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको अन्तिम दिन मंगलबार चर्चित गायिका ज्योति मगरले जाडोमा तनहुँका दर्शक लाई नचाएर तताएइकी छिन । आदिवासी जनजाति महोत्सवको अन्तिम दिनमा ज्योति मगरले धमाका मचाइन ।
१ घण्टा भन्दा बढी स्टेजमा रहेकी उनले खोली भित्र पानी, चोली भित्र जवानी, पिरतीमा दम , मखमलि, नाचौला मादलको तालैमा, उहि मुला सिन्की उहीँ मुलाको चाना, चोरी खान पल्केको ढाडे बिरालो, जाले रुमाल सोल्टी लाई बैना भो, जिम्मल बाउकी छोरी, छोटो सारिमा लगाएत्को गित गायकी थिइन ।

ज्योतिले आफ्नो प्रस्तुति कै क्रममा स्टेज बाट “छोटो लुगाले होइन नकारात्मक सोच्नले बलात्कार हुन्छ ।”, ज्योतिले भनिन पुरुषले जे गर्दा नि ठिक तर महिलाले गर्दा नराम्रो । सोच परिवर्तन गर्न जरुरि छ । महोत्सवको अन्तिम दिन ज्योतिको प्रस्तुति हेर्न उल्लेख्य युवा देखि वृद्ध सम्मको उपस्थिति रहेको थियो ।
मंसिर १० गते समापन गरिने तयारीका साथ संचालित महोत्सवमा दर्शकको उल्लेख्य सहभागिताका कारण महोत्सव एक दिन थप गरिएको थियो । महोत्सवको अन्तिम दिन मंगलबार गायिका ज्योति मगर संगै गायक राजु ढकालको समेत प्रस्तुति रहेको थियो ।
गण्डकी प्रदेशकी सांसद सरिता गुरुङ्गद्वारा महोत्सवको समापन गरिएको थियो । उनले सो अवसरमा मेला महोत्सवले जिल्ला संगै देशको आर्थिक अवस्था बलियो बनौन सहयोग पुर्याउने बताइन । जातिय, धार्मिक तथा धार्मिक विविधता लाई एकिकृत गरौन महोत्सवले सहयोग पुर्याएको उनले भनिन । आदिवासी जनजातिको आफ्नो मौलिक सस्कृति जोगाउदै प्रचारप्रसारमा जोड दिनुपर्ने उनले बताइन ।

आदिवासी जनजातिको जीवन्त संग्राहलय निर्माण गर्ने उद्देश्यले आयोजित महोत्सवमार्फत् जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्दै प्रचारप्रसारमा टेवा पुगेको घर्तीले बताइन् ।
महोत्सवमा हजारौँ दर्शकको भिड लाग्नुका साथै लाखौँको आर्थिक कारोबार भएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।
“अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ ! भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ” भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक प्रदर्शनीहरु समेत भएको आयोजकले जनाएको छ ।
दर्शकहरुलाई विशेष मनोरञ्जन दिन र आदिवासी जनजातिको संस्कृतिको संरक्षणका लागि झाँकी, मौलिक, लोपोन्मुख संस्कृतिहरुको प्रस्तुति समेत भइरहेको घर्तीले बताइन् । महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूना ग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको बताइएको छ ।
भिडियो :
https://www.facebook.com/madan.bro.10/videos/2050848948310264/?t=1
यो पनि पढ्नुहोस :
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’