कास्की र स्याङ्जा जिल्लाको सिमास्थित मनोरमस्थल साल्मेडाँडामा निर्माणाधीन अवस्थामा रहेको गोरखा स्मारकमा लफडा भएको छ । आयोजना निर्माणमा विभिन्न व्यक्तिले चासो राखेपछि निर्माण विवादमा फसेको हो ।
गोर्खा ट्रष्टको अगुवाइमा गोरखाको साल्मेडाँडामा स्मारक निर्माण भइरहेको छ । विनाकारण विदेशी भूमिमा मारिएका र वेपत्ता पारिएका हजारौं भूतपूर्व गोरखा ब्रिटिस सैनिकको सम्झनामा ट्रष्टले समाधि निर्माण थालेको हो । भूपू सैनिकबाट ऋण उठाएर थालिएको स्मारक निर्माणलाई संसद् विकास कोषले समेत १० लाख रुपैयाँ उपलब्ध गराएको छ । तर, यसमा षड्यन्त्र हुन थालेको आरोप निर्माणको अगुवाइ गरिरहेको ट्रष्टले लगाएको छ ।
तत्कालीन महासचिव चन्द्रबहादुर गुरुङ नै अहिले स्मारक बन्न नदिन साल्मेडाँडा गएर सक्रिय बनेको ट्रष्टको आरोप छ । यसमा पूर्वसांसद् गणेशमान गुरुङसमेत जोडिएको र उनले कीर्ते गरेको ट्रष्टको भनाइ छ ।
ट्रष्टका सभापति पदमबहादुर गुरुङले प्रेस विज्ञप्ति निकालेर ब्रिटिस साम्राज्यले नेपालप्रति विगतमा गरेको आपत्तिजनक रहस्यहरु खुल्ने डरले निर्माणमा विभिन्न तत्वहरुले चलखेल गरेको आरोप लगाएका छन् । ‘ब्रिटिस साम्राज्यले नेपाली युवाहरुलाई बँधुवा मजदुर बनाएर गरेको शोषणविरुद्ध लड्न हामीले गेसोको स्थापना गरेका थियौं । तर हामीलाई धोका दिएर चन्द्रबहादुरले बेलायत सरकारको सेवा गर्नुभयो’, गुरुङले विज्ञप्तिमा लेखेका छन्, ‘यिनै गुरुङ अहिले पितापुर्खाको सम्मानमा स्थापना गर्न लागिएको स्मारक बन्न नदिन चलखेल गरिरहेका छन् ।’
छानबिनको माग
सम्पदाका गुरुयोजनाकारलाई थाहै नदिई चन्द्रबहादुरले पर्यटन विभागबाट रकमसमेत लिएको ट्रष्टले बताएको छ । ट्रष्टका अनुसार, यही रकमबाट चन्द्रबहादुरले, नक्साविपरीत पानीको ट्यांकी निर्माण गर्ने तथा अन्य संरचना खनेर स्वरुप बिगारेका छन् ।
चन्द्रबहादुरले सरकारी रकमले गुरुयोजनाविपरीत काम गरेर दुरुपयोग गरेको भन्दै ट्रष्टले यसबारे छानबिन गर्न माग गरेको छ ।
ट्रष्टले स्मारक निर्माणका लागि पूर्वसांसद गणेशमान गुरुङलाई समेत चन्द्रबहादुरले प्रयोग गरेको आरोप लगाएको छ । चन्द्रबहादुरकै इशारामा गणेशमानले आधिकारिक संस्था छलेर गतिविधि सञ्चालन गरेको ट्रष्टको भनाइ छ ।
पूर्वसांसद् गुरुङले साल्मेडाँडाको योजनाका लागि ट्रष्टले तयार पारेको अवधारणापत्रबाट सभापतिको नाम र ठेगाना हटाएर कीर्ते काम गरेको ट्रष्टले आरोप लगाएको छ । – अनलाइनखबरबाट
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर