तनहुँ । भानु नगरपालिकाको विभिन्न वडाबाट बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवा आइतबार मृत अवस्थामा फेला परेको छ ।
भानु नगरपालिका–२ स्थित देउराली सामुदायिक वनमा नरभक्षी भाले चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । दमाैलीबाट कृष्ण न्याैपानेले समाधान दैनिकमा लेखेका छन् ।
चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ३ बालबालिकाको मृत्यु भएको थियो । चितुवा नियन्त्रणका लागि मंसिर १५ गतेदेखि टोली परिचालन भए पनि चितुवा नियन्त्रणमा लिन सकिएको थिएन ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले मृत अवस्थामा फेला परेको चितुवा सोही नरभक्षी चितुवा रहेको पुष्टि गरे । उनले भने, ‘सिसी क्यामरामा कैद भएका तस्बिरका आधारबाट बालबालिकालाई आक्रमण गर्ने चितुवा सोही रहेको पुष्टि भएको छ ।’
चितुवा नियन्त्रणका लागि वन क्षेत्रमा सिसि क्यामरा जडान गरी जंगलको विभिन्न स्थानमा पासो समेत थापिएको थियो । साथै चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले जंगलमा फुट ट्रयाप समेत राखेको थियो । चितुवा नियन्त्रणका लागि दैनिक रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालयको कर्मचारी र स्थानीय मानिसहरु वन क्षेत्रमा परिचालित थिए ।

चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल र मंसिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु