तनहुँ । छपेली सांस्कृतिक युवा परिवार बन्दिपुर–१ तनहुँको आयोजनामा भएको पाँचौं छपेली कप २०७५ सेभेन ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि न्यु बुद्ध युवा क्लब एले जितेको छ ।
मंगलबार सम्पन्न प्रतियोगितामा न्यू बुद्ध एले फाईनल खेलमा न्यू बुद्ध बि लाई ४-२ गोल अन्तरले हराएको हो । प्रतियोगिताको उपाधि भानु नगरपालिका–१ स्थित न्यु बुद्ध यूवा क्लब ए ले जितेको हो । प्रतियोगितामा प्रथम हुने समुहले ६० हजार र दोस्रो हुने समुहले ३५ हजार पुरस्कार प्राप्त गरेका छन ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता न्यू बुद्धका अर्जुन परियार, सर्वोत्कृष्ट खेलाडी रित गुरुङ, उत्कृष्ट डिफेन्डर एक बहादुर गुरुङ, उत्कृष्ट गोल किपरमा आशिष गुरुङ र अनुशासित टिममा लमजुङको मिनाङ लाङ्घाली घोषित भएका छन ।
गत पुस २० गते बाट सुरु भएको प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथी संघीय कानुन तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकाल, विशिष्ठ अतिथि गण्डकी प्रदेशका आन्तरिक तथा गृहमन्त्री हरि बहादुर चुमान, सांसद कृष्ण कुमार श्रेष्ठ किसान लगाएतको उपस्थिती रहेको थियो ।
प्रतियोगिता छपेली सास्कृतिक युवा परिवारको आयोजनामा भएको हो । प्रतियोगिता समापन छपेली सास्कृतिक युवा परिवारका अध्यक्ष दल बहादुर थापाले गरेका थिए ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस