महेन्द्र जिसी, पर्वत । सौरभ फुड प्रोडक्टले प्याकिङ्ग गरेको व्याच नं. २९ को सोल्टी जिरा मसिनो चामलमा यूरिया जस्तो दाना फेला परेको छ । पर्वत सदरमुकाम कुश्माबजारमा विक्रिम राखीएको चामलको बोरामा रासायनिक मल यूरिया भेटिएको हो ।
पर्वतको कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा यूरिया मल मिसाबट भएको पाईएको हो । कुश्माबजारको दुर्लुङ्गचोकमा रहेको प्रभु शरणम किराना पसलबाट गत आईतवार साँझ चामल घर लगेको र सोमबार बिहान भात पकाउने क्रममा युरिया भेटिएको उपभोक्ता कृष्ण प्रसाद अचार्यले बताउ । खाना खाए लगत्तै सबै परिवारलाई झाडापखाला लागेपछि शंका लागेर चामल हेर्दा युरीयाको जस्तो दाना मिसावट भएको पाएपछि प्रशासन गुहारेको आचर्यले बताए ।
आइतबार सोही बोराको चामल पकाएर खाँदा सोमबार परिवारका झाडापखाला लागेपछि शंका लागेर चामल हेर्दा यूरिया मलका सेता दाना बाक्लै भेटिएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको आचार्यले बताए । उजुरी पछि सौरभ फुड प्रोडक्टले २०७५ मंसिर २५ गते प्याकिङ्ग गरेको व्याच नं. २९ को सोल्टी जिरा मसिनो चामलको बोरा जिल्ला प्रशासन पर्वतमा राखिएको छ ।
चामलको उपभोग्य मिति भने चौबिस महिना रहेको छ । उपभोक्ता आचार्यको उजुरीको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभीजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेल सहितको टोलीले उक्त चामलको बोरा नियन्त्रणमा लिएको थियो भने उक्त गोदाममा रहेका सोही ब्याच नम्बरका चामलका बोरामा भने मिसावट पाइएको छैन ।
पसलको गोदाममा रहेका अन्य बोराहरु हेर्दा भने यूरियाको मिसाबट नभएको पाइएको प्रमुख पौडेलले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा चामल उत्पादकलेनै त्रुटि गरेको निष्कर्षमा पुगिएको र थप अनुसन्धानका लागि चामल प्रयोगशालामा पठाइने पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह