किरण श्रेष्ठ, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. ९ काउरेटारमा आफ्नै भाईको हत्या गरी ईनारमा लास लुकाउने दिदि सहित ३ जना पक्राउ परेका छन् । घटना भएको दुइ महिना भन्दा बढी समयपछि प्रहरीले घटनामा संलग्न तिन जनालाई पक्राउ गरेको हो । भानु नगरपालिका वडा नं ९ काउरेटारमा मृत अवस्थामा भेटिएका राजु वि।क।को हत्या भएको पुष्टी भएको छ । काउरेटार निवासी मृतक बर्ष २६ को राजु बि.क. भएको प्रहरी अनुसन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विकको मृत्युको सम्बन्धमा अनुसन्धान गर्दा मृतकलाई उनको दिदी मन कुमारी बि।क। समेतले गत मङ्सिर १२ गते राती कुटपिट एबं चिरपट दाउरा प्रहार गरेर नाम्लोले घाटीमा कसी कर्तब्य गरी मारेको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुले सोही राती घर नजिकै रहेको ईनारमा लगेर फाली माथीबाट ईनारको ढकन लगाएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. २ स्थायी घर भएर हाल तनहुँको भानु नगरपालिका वडा नं. ९ काउरेटार बस्ने बर्ष २८ की मन कुमारी बि.क., लमजुङ दोर्दी गाउँपालिका वडा नं। ३ लामागाउँ स्थायी घर भएर हाल तनहुँको भानु नगरपालिका वडा नं. ९ काउरेटार बस्ने बर्ष २४ को आयुष बि.क. र लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. २ स्थायी घर भएर हाल तनहुँको भानु नगरपालिका वडा नं. ९ काउरेटार बस्ने बर्ष ३५ की मन माया बि.क. रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गत माघ २१ गरे सोमबार भानुको काउरेटारमा राम प्रसाद हड्खलेको बारीमा सिंञ्चाईको लागि खनेको ईनार भित्र पुरुष ब्यक्तिको लास सडीगली दुर्घन्धित अबस्थामा फेला परेको थियो । सो जानकारी प्राप्त भएपछी उक्त स्थानमा प्रहरीको अनुसन्धान टोली खटिई गई घटनास्थलको जाँचबुझ गरी ईनारबाट लास निकालिएको थियो ।
उक्त घटनामा संलग्न ३ जना ब्यक्तिहरुलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदातलमा उपस्थित गराई म्यादथप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित
स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला