पाेखरा, ३ फागुन । भोलि, फागुन ४ गते प्रदेश सरकार गठनको १ वर्ष पुग्दैछ । सरकारले फागुन ४ लाई प्रदेश दिवस घोषणा गरेको छ । दिवस मनाउन अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ । प्रदेश दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले ‘वार रुम’ सुरु गर्ने भएको छ ।
मुख्यमन्त्रीले प्रदेशका मुख्य परियोजनाहरु अनुगमन र निर्देशित गर्ने भिडियो प्रणालीसहितको कार्यकक्ष सुरु हुने जानकारी आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्री किरण गुरुङले दिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो कार्यालयबाटै प्रादेशिक तथा राष्ट्रिय गौरवको आयोजनाहरूको अनुगमन गर्न सक्नेछन्।
वाररुम सञ्चालनको योजना सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो ।
के हो वार रुम ?
वाररुमको अवधारणा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलबाट सुरु भएको हो । उनले दोस्रो विश्वयुद्धताका आफ्ना जर्नेलहरुलाई राखेर कसलाई कता खटाउने, कहाँ के गर्ने भन्ने निर्णय तुरुन्ता तुरुन्तै लिन्थे । त्यही कक्ष वाररुममा रुपमा चर्चित बनेको थियो । सिंगापुरका लि क्वान यु र मलेसियाका महाथिर मोहम्मदले पनि वाररुम सञ्चालन गरेका थिए ।
भारतको तेलंगना राज्यमा विश्वकै सबैभन्दा ठूलो सिँचाइ आयोजना बनिरहेको छ। १८ सय किलोमिटर लामो सिँचाइ नहर निर्माण आयोजनाको अनुगमन त्यहाँका मुख्यमन्त्री के चन्द्रशेखर राव आफ्नै कार्यकक्षबाट गर्छन् । वाररुममा भिडियो कन्फेरेन्स सफ्टवेयर ‘जुम’ प्रयोग हुनेछ । मुख्यमन्त्री कार्यालयमा कर्मचारीकै संयोजकत्वको वाररुम व्यवस्थान टिम बन्नेछ । परियोजनाको गतिविधि, तथ्यांक र ग्राफमा देखाउन डिस्प्ले वाररुममा हुन्छ ।
सरकारले १ वर्षका उपलब्धि पनि सार्वजनिक गर्नेछ । प्रदेश दिवसकै अवसरमा निजामती कर्मचारी पुरस्कृत गर्ने जानकारी पनि मन्त्री गुरुङले दिए । पुरस्कृत गर्ने कर्मचारी छनोटको लागि छनोट समिति समेत बनाइएको छ। आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले सरकारले वर्षभरी गरेको कामको समीक्षा र प्रगति विवरण प्रकाशित गरी सबैलाई जानकारी दिने पनि बताए। त्यस्तै उनले वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुने बताए।
नेपाल भ्रमण वर्ष सफल बनाउन गण्डकी सरकारले आन्तरिक भ्रमण वर्ष पनि घोषणा गर्न लागेको छ। आगामी फागुन ९ र १० गते नेपाल पत्रकार महासंघले पोखरामा आयोजना गर्न लागेको साधारण सभा तथा विधान अधिवेशनकै अवसरमा आन्तरिक भ्रमण वर्ष घोषणा गरिने मन्त्री गुरुङले जानकारी दिए। त्यस्तै, उनले यस वर्ष नीति निर्माणको वर्ष भएको बताउँदै आवश्यक संरचनाहरू पनि खडा गरिएको बताए। विभिन्न प्रोजेक्टको डिपिआरहरू पनि तयार भइरहेको उनको भनाई छ।
सम्बन्धित खबर
फेदीखोलामा पाँचौ कृषि मेला सम्पन्न, ८५ कृषक पुरस्कृत
भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
नदिजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रणमा
लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९ जना चालक पक्राउ
यो पनि पढौँ
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
कांग्रेसबाट निष्काशनमा परेका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश गर्दै
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ