धनगढी– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शेर (सिंह)सँग तुलना गरेका छन् ।
धनगढीमा सुदूरपश्चिम प्रदेश स्ततरीय कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै भने, ‘धेरैले भन्छन् एउटै जंगलमा दुईवटा शेर बस्न सक्दैनन् तर हामीले देखाइदिएउँ एउटै जंगलमा दुईवटा शेर पनि मिलेर बस्न सक्छन्।’ उनले अब २ शेर मिलेरै देश निर्माण गर्ने प्रतिबद्धता पनि जनाए । नेकपा एक प्रधानमन्त्री र ३ पूर्व प्रधानमन्त्री र अरु धेरै क्षमतावान नेताहरु भएको पार्टी भन्दै ओलीले यही क्षमतालाई देश विकासमा अघि बढाउने बताए ।
प्रधानमन्त्री ओलीले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको एकिकरणमा केही ढिलाइ भएको भए पनि त्यो अवस्था अब नलम्बिने स्पष्ट पारेका छन् । उनले चाँडै नै सबै कमिटीहरुको एकता टुंगिने बताए ।
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पनि नेकपालाई दुई तिहाइ मत ल्याउन कसैले नरोक्ने दाबी गरे । ओलीले भने, ‘वर्तमान सरकार काम र पार्टी एकतापछि निर्माण हुने मजवुद संगठनले जनताको मन जितेर आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाइ मत दिने अवस्था आउँछ।’
प्रधानमन्त्री ओलीले अघिल्लो बर्ष देशको ढिकुटी रित्तिएकोले ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न नसकेको तर यो आगामी बर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने बताए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’