काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवालमा देखिएका छन् ।
१० वर्षे सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका बाबुराम ०६५ मा अर्थमन्त्री र ०६८ प्रधानमन्त्री बनेका थिए । देशका अन्य प्रधानमन्त्री तथा मन्त्रीहरुले राष्ट्रिय पोशाक लगाउने गरेका भए पनि अर्थमन्त्री र प्रधानमन्त्रीको उच्च जिम्मेवारी सम्हाल्दासमेत बाबुरामले उक्त पोशाक लगाएका थिएनन् ।
तर, देश दौडाहाका क्रममा कर्णाली प्रदेश पुगेका बाबुरामले जीवनमै पहिलोपटक दौरा–सुरुवाल लगाएका छन् । खस बाहुल्य कर्णाली प्रदेशको पोशाक भएकाले आफूले त्यहाँ पुग्दा त्यहीँको पोशाक रोजेको बाबुरामको भनाइ छ ।
आफ्ना ४ तस्वीर ट्वीटरमा पोस्ट गर्दै बाबुरामले लेखेका छन् ।
पत्नी हिसिला यमीसँगै त्यहाँका स्थानीयसँग खिचाएको तस्वीरमा बाबुराम निकै पृथक देखिएका छन् । पति दौरा–सुरुवालको पहिरनमा ठाटिएका भए पनि पत्नी यमी भने सामान्य पोशाकमै देखिन्छन् ।
दश वर्षसम्म सशस्त्र संघर्ष गरेका बाबुराम आबद्ध तत्कालीन माओवादीले राष्ट्रिय पोशाक दौरा–सुरुवाल बदल्नु पर्ने बहस छेडेको थियो । बाबुराम प्रधानमन्त्री भएका बेला उनी सम्बद्ध पार्टीका सांसदहरुले दौरा–सुरुवाल बहिष्कारसम्म गरेका थिए । तर, २०७२ मा उनीसमेत सहभागी संविधानसभाले दौरासुरुवाललाई राष्ट्रिय पोशाकको मान्यता दिँदै संविधान जारी गरेको थियो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’