तनहुँ । आदिकवि भानुभक्त क्याम्पस विज्ञान तथा प्राविधि विभाग तथा शिक्षा शास्त्र बिभागको संयुक्त आयोजनामा हाजिरी जवाफ प्रतियोगिता शुक्रबार बिहान क्यम्पसमा सम्पन्न भएको छ ।
शिक्षा संकायमा स्नातक तह तर्फ विज्ञान र गणित समुहका पाइथागोरस, न्युटन, आर्किमेडिज, डार्विन र बोर गरि ६ समुहहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिता स्नातक विज्ञान प्रथम वर्ष शिक्षा समुहकी छात्रा सुनिता तिवारिले संचालन गरेकी थिइन । प्रतियोगितामा डार्विन समुहको सकित पन्थ, अनिल रानाभाट र केशिका थापा प्रथम भएका छ्न । सुरक्षा पदुमाया र सुरेन्द्र दोश्रो र अभिषेक सापकोटा पुर्णिामा क्षेत्री र सुरेन्द्र भन्डारि तृतीय भएका छन ।
विज्ञान तथा प्राविधिक विभाग प्रमुख राजन घिमिरेको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्रथम द्वितीय र तृतीयलाई क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले क्रमशः ३ हजार, २ हजार र १ हजार पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय आत्मराम बास्तोला र सदाखर तिमिल्सिना तथा स्व बि यु अध्यक्ष दुर्गा भण्डारी लगायतले बधाई ज्ञापन गरेका थिए ।
स्वागत स्नातक प्रथम शिक्षा समुहका विद्यार्थी सन्देश अधिकारिले गरेका थिए । पुरस्कारको सौजन्य शिक्षा शास्त्र बिभाग प्रमुख कल्पना लम्साल र बिज्ञान तथा प्राविधिक बिभाग प्रमुख राजन घिमिरेले गरेका थिए ।
कार्यक्रममा बिभागका प्राध्यापक तथा बिध्यार्थिहरु सबैकोको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ