किरण श्रेष्ठ, तनहुँ । शिक्षा क्षेत्रमा अत्याधिक राजनीतिकरण भएर शिक्षा क्षेत्र अस्तव्यस्त भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । “शिक्षा क्षेत्रमा राजनीतिकरण अत्याधिक त्यसमाथि पनि पार्टीकरणले गर्दा शिक्षा क्षेत्र अस्तव्यस्त नै भएको छ ।”, मुख्यमन्त्री गुरुङले भने ।
तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादि स्थित महेन्द्र माविमा शनिबार देखी सुरु भएको शैक्षिक तथा धार्मिक महामहोत्सव एवं ऐतिहासिक संगीतमय लिलामय श्रीमदभागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको अवसरमा बताएका हुन ।
“शिक्षाको दायित्व उठाउने विद्यालय व्यवस्थापन समितिमा राजनीति हुनुहुदैन”, मुख्यमन्त्री गुरुङले भने ।
हाम्रो शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने र शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो भएको गुरुङले बताए । सिपमुलक शिक्षा दिनुपर्ने आजको आवश्यकता रहेको गुरुङले बताए ।
अब गण्डकी प्रदेश सरकारले आफ्नो अधिकार अनुसार प्रविधिक शिक्षा प्रणाली लागु गर्ने योजना बनाएको उनको बताए । “व्यवसायिक र प्राविधिक शिक्षा आजको आवश्यकता हो, मुख्यमन्त्री गुरुङले भने ।”
“शिक्षा जस्तो एकेडेमिक ठाउँमा राजनैतिक पार्टीहरुको आ-आफ्नो भागबन्डा रहेको छ ।” “यो एकदमै गलत हो ।”, मुख्यमन्त्री गुरुङले भने ।
पुरानो पाठ्यक्रम अहिले परिवर्तन गरि नयाँ प्राविधिक र सिपयुक्त पाठ्यक्रम ल्याउनुपर्छ सो अवसरमा मुख्यमन्त्री गुरुङले भने । गण्डकी प्रदेश सरकार शुन्यबाट सुरु भएकोले त्यसैले यो १ वर्षमा आगामी ४ वर्षको लागि काम गर्ने आधार तयार गरेको मुख्यमन्त्री गुरुङले बताए ।
१ वर्षको अवधीमा गण्डकी प्रदेश सरकारले २५ वटा कानुन र विभिन्न कार्यविधि निर्माण गरेको गुरुङले बताए । बेरोजगारी, पछौटेपन र अधिकारका लागि संघीयता आवश्यक रहेको मुख्यमन्त्री गुरुङले बताए ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’