नेगम परियार, मनाङ । मनाङ मर्स्याङदी फुटबल क्लबको गत बुधबार भएको चुनाबमा मनाङका छिमी उक्रेन गुरुङ सर्बसम्मत बिजयी भएका हुन ।
छिमी यो पटक सहित मनाङ मस्र्याङदी क्लबको अध्यक्ष तेस्रो पटक बहेका हुन् । अति प्रशिद्ध तथा यति ठुलो क्लबमा पुन: काम गर्न पाएकोमा सबै सहयाोगीहरु प्रति सधै साथ र सहयोग समेतको आवहान गरेको छिमीले बताए ।
मनाङ जिल्लाबासी तथा मनाङ जिल्लाबाट सञ्चालित मनाङ मस्र्याङदी क्लब फुटबल खेलमा अग्रसर छ । मनाङ मस्र्याङदी क्लब आफैमा नाम र काम तथा खेलबाट बिश्व प्रख्यात नेपालको एउटा फुटबल क्लब हो ।
पहिलो पटक छिमी उक्रेन गुरुङ मनाङ मस्र्याङदी क्लबको अध्यक्ष हुदा खेलाडीको मासिक तलब पाँच हजार भएको र छिमीकै पालामा बढाएर हाल करिब मनाङ मस्र्याङदी क्लबका सम्पुर्ण खेलाडीहरुको आम्दानी थोरैमा पनि एकलाख पुराईएको क्लबका नव निर्बाचित अध्यक्ष छिमी उक्रेन गुरुङले बताए ।

छिमीको अबको दुई बर्षे कार्यकाल भित्र फुटबल खेललाई अन्तराष्ट्रिय रुपमा अगाडी बढाउनमा काम गरिने छिमीले बताए ।
छिमीले भने,”म पनि एउटा खेलाडी भएको नाताले खेलले नेपाल चिनाउन लागी परेका नेपालका खेलाडीहरुको आम्दानीमा पनि सबैले बिचार पुराई खेलाडीहरुको सम्मान सहित पारिश्रमिक दिनु पर्छ ।” साथै अब मनाङ मस्र्याङदी क्लबले फुटबलमात्र नभई अन्य खेलहरुलाई पनि सम्मानका साथ अन्तराष्ट्रिय रुपमा अगाडी लैजाने छिमीले बताए ।
सबै भन्दा पहिला आर्ची अर्थात तिर हान्ने खेललाई अगाडी बढाई नेपालबाट पनि यो खेलमा अन्तराष्ट्रिय खेल मैदानमा पुराउनको लागी काम अगाडी बढाईने समेत क्लबका अध्यक्ष छिमी उक्रेन गुरुङले बताए ।
मनाङ मस्र्याङदी क्लबले सरसफाई, रक्तदान, शिक्षा याकरु अर्थात साईकल दौड प्रतियोगीता जस्ता बिभिन्न कार्यहरुलाई निरन्तर दिदै आएको छिमिले बताए ।
मनाङ मस्र्याङदी क्लबका अध्यक्ष छिमी उक्रेन गुरुङका अनुसार भदभार जिम्मा लिएको छैन अहिले आहा रारा गोल्ड कप चलिरहेकोले जिम्मेवारी हस्तान्तरण नभएको तर सबै कामहरुको भने बिहिबार बाट नै काम काज सम्मालेको छिमिले बताए ।
आहा रारा गोल्ड कप सकिना साथ क्लबको पदभार हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि छिमीले बताए ।
को हुन छिमी उक्रेन गुरुङ ?
छिमी उक्रेन गुरुङ मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका वडा नं.२ घयारु गाउँमा जन्मीएका हुन । हाल ५६ बर्ष पुगेका छिमी आफैमा पनि एक खेलाडी ,सगरमाथा आरोहि साथै ब्यबसाहि हुन ।
हाल पेशाले छिमी एडभेन्चर टुरिजम सञ्चालन गरी काठमाडौ स्वाम्बुमा बस्दै आएका छन । छिमी उक्रेन गुरुङ एक सफल खेलाडी र ब्यबसायी मात्र नभई एक सहयोगी मन भएका सहयोगी दाता समेत हुन ।
छिमि सानै बाट एडभेन्चर प्रति अति रमाउने छिमीले बताए । छिमीले बिशेष गरी मनाङ अर्थात छिमीको जन्म थलो मनाङ बिश्मा चिनाउन र जिल्लामा आन्तरिक तथा बाहिय पर्यटक भित्राउने उदेश्यका साथ एडचेन्चर सञ्चालन गरेको छिमीले बताए । आज मनाङ बिकट मानिने तर पर्यटकीय क्षेत्रको रुपमा स्थापित भैसकेको छ ।
बिश्व प्रशिद्ध अन्नपुण पैदल मार्ग तथा बिश्व प्रख्यात बिश्वकै सबै भन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल समेत मनाङ जिल्लामा नै पर्दछ । आफनो जन्म थलो मनाङ जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा अझ स्थापित गर्नकै लागी छिमिले याक अट्याक एडभेन्चर कार्यक्रम तथा यातरुक जस्ता कार्यक्रम र प्रतियोगीता गर्दै आएको छिमीले बताए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो