काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमबीच पुरुष र महिला राष्ट्रिय टोलीका खेलाडीहरुले जर्सी सार्वजनिक गरेका हुन् ।
यस्तै नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी एकै ढाँचाको रहेको छ । यसअघि नेपाली टोलीले फरक फरक कम्पनिको फरक फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो । नयाँ जर्सी सधैको झैँ रातो र निलो रङमा रहेको छ । तर, लोगो रहेको स्थानहरु परिवर्तन भएको छ । यस्तै जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतिक राखिएको छ ।
यसअघि रहदै आएको जर्सीमा बायाँ पट्टि राष्ट्रिय झण्डा रहेको थियाे । अब उक्त स्थानमा एन्फाकाे लाेगाे हुनेछ । राष्ट्रिय झण्डा अब जर्सीकाे पछाडी हुनेछ । जर्सीको डिजाइन एन्फा आफैले निर्माण गरेको हो । नयाँ जर्सी एन्फाको आधिकारिक खेल पोसाक कम्पनी केल्मीले बनाएको हो । एन्फाले केल्मीसंग दोस्रो पटक प्रायोजन सम्झौता गरेको छ । जर्सी केल्मीको अाधिकारिक सोरुमबाट खरिद गर्न सकिनेछ ।
एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो नयाँ प्रतीक चिन्ह (लोगो) र राष्ट्रिय टिमले प्रयोग गर्न नयाँ जर्सी सार्वजनिक गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिब केशव कुमार बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, केल्मीकाे नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदिप न्याैपाने लगायतले सार्वजनिक गरे ।
तर, नयाँ जर्सी सार्वजनिक भएसँगै आकर्षक नभएको भन्दै प्रतिक्रियाहरु नकारात्मक आइरहेका छन्। सामाजिक सञ्जालमा सकारात्मक कमेन्ट भन्दा नकारात्मक कमेन्ट बढी आएका छन् । डिजाइन र उज्यालो रंग नभएको उनीहरुको प्रतिक्रिया छ ।
यस्तै, एन्फाले फुटबल टिमको गीत सार्वजनिक गरेको छ । फुटबल टिमको गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन् । गीतमा आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतको स्वर रहेको छ । एन्फाले नयाँ लोगो र जर्सीको लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो ।


http://gandaknews.com/anfa-logo/
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’