प्युठान। प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो ।
उनीहरु छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो । तर विडम्वना समय सधै एकनास रहन्न र रहेन पनि ।
गत वर्ष चैत २० गते सामान्य कुरामा सधै जस्तै झगडा भयो । भनाभन चलिरह्यो । सीताले पतिलाई सम्झाउँदै थिइन् । तर, विष्णुले मानेनन् ।
स्थानीयका अनुसार उनले मदिरा सेवन गरेका थिए । सीताले छेउमै रहेको हँसियाको बिँडले हान्न खोज्दा संयोगवश धारिलो भागले लाग्यो । विष्णुको हातमा गहिरो चोट लाग्यो । अत्याधिक रगत बगेर उपचार गर्न नपाउँदै घरमै मृत्यु भयो ।
पतिको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेपछि ४२ वर्षीया सीता यतिबेला जिल्ला कारागारमा छिन् । एउटै गल्तीले श्रीमान गुमाएकी उनलाई २० वर्ष जन्मकैद सुनाएको छ । विष्णुको मृत्यु भएको एक वर्ष पनि पुगेको छैन ।
बुवाआमाको झगडाले नावालक छोराछोरीले पीडामा जीवन बिताउनु परेको छ । १५ वर्षीय सुनील थापा र उनकी ८ वर्षीया बहिनी बसन्तालाई आमाबुवाबारे सोध्नै हुँदैन ।
उनीहरु मन थाम्नै सक्दैनन् । बुवा आमाको झगडा हुँदा सुनील घरमै थिए, त्यसैले पनि बुवाआमाबारे केही बोल्न सक्दैनन् । यो समाचार केशर रोकाले अन्नपूर्णमा लेखेका छन् ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ