बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडवडी काण्डमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी निर्दाेष रहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाएका छन् ।
अख्तियारलाई समेत चुनौती दिने गरी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ती ढाक छोप गर्ने प्रपञ्च भएको दाबी नेता पौडेलको जिकिर छ । प्रेस युनियन, रुपन्देहीले बुटवलमा मंगलबार गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले आधिकारिक रुपमा छानविन गर्नुपर्नेमा सरकार दूधको साक्षी बिरालो जस्तै बनेको बताए ।
उनले छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा पनि शंका व्यक्त गरे । ‘छानविन आयोगभन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने काम मात्रै भएको छ’, निष्पक्ष छानबिनमाथि शंका व्यक्त गर्दै पौडेलले भने ।
उनले सीके राउतसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको टिप्पणी गरेका छन् । सम्झौतामाथि अनेक प्रश्न उठिरहेका बेला नेता पौडेलले सरकारको नियतमाथि नै प्रश्न उठाए ।
‘सरकारले सिके राउतसँग गरेको ११ बुँदे समझदारी अपरिपक्व छ’, भने, ‘सिकेसँग गलत सम्झौता गरेर सरकार आफैंले देशको अखण्डतामाथि प्रहार गरेको छ ।’ पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको पनि नेता पौडेलले आलोचना गरे । ‘प्रधानमन्त्रीले पृथकतावादी आन्दोलन सकियो भन्नु दुश्प्रचार हो’, नेता पौडेलले भने ।
कार्यक्रममा उनले सरकारको मूल्यांकन गर्न पनि भ्याए । सुनकाण्डदेखि चिनी काण्डसम्मका उदाहरण प्रस्तुत गर्दै उनले यसलाई भ्रष्टाचार मौलाएको प्रमाणका रुपमा प्रस्तुत गरे । विप्लव नेकपालाई बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको भन्दै उनले अबिलम्ब वार्तामा बोलाउन माग गरे । ‘सर्पको खुट्टा सर्पले देख्छ, अबिलम्ब विप्लवजीसँग वार्ता गर।’
कांग्रेसमा विद्यमान गुटगत राजनीतिप्रति चिन्ता व्यक्त गर्दै उनले त्इसबाट माथि उठ्न सबैलाई आग्रह गरे ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण