पोखरा, ९ चैत । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा भर्खरै (बिहान १०) बजे ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गुडिरहेको ट्रकको एक्कासी ब्रेक फेल हुँदा डरलाग्दो दुर्घटना भएको हो । रोकिराखेको ट्रक उत्तानो परेको छ भने ठक्कर दिने ट्रकको अगाडि भाग क्षतिग्रस्त छ ।
डुम्रे तर्फबाट दमौलीतर्फ आइरहेको ना ८ ख ३५२७ नम्बरको ट्रकले बिग्रेर सडकमै रोकिराखिएको ना १ क ६१४२ नम्बरको ट्रकलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । मृतकको पहिचान खुलेको छैन । घाइतेहरुलाई उपचारका लागि दमौलीतर्फ लगिएको छ । अहिले सो सडकखण्ड बन्द रहेको अनेरास्ववियू विद्यार्थी नेता बिनोद भण्डारीले जानकारी दिए । ट्रकले रोकिराखेको ट्रकलाई ठक्कर दिएपछि पनि बा १८ च ७७८४ नम्बरको हाइलक्सलाई ठक्कर दिएको छ ।
तनहुँ ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीले प्रहरी घटनास्थल पुगेको जनाए । उनले अहिले मृतक र घाईतेहरुको सनाखत भईनसकेको बताउँदै प्रारम्भिक अनुसन्धानमा ट्रकको ब्रेक फेल भएको देखिएको बताए । उनले भने – ‘ब्रेक फेल ट्रकले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा मर्मत भईरहेको ट्रक उत्तानो परेको छ । एकदमै ठूलो दुर्घटना भयो । मृतक ट्रक चालक हो कि मर्मत भईरहेको ट्रकमा रहेका मिस्त्री हुन्, अनुसन्धानमै छौं ।’




तस्विरः विनोद भण्डारी
थप विवरण आउन बाँकी ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’