तनहुँ । नेपाल कम्युनिस्ट पार्टी विप्लव नेकपाका ३ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकारद्धारा प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूहका नेता तथा कार्यकर्तालाई सोमबार सामानहरु सहित जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरु लाई प्रहरीलाई सामान सहित बरामद गरी उनिहरुलाई मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन, २०७४ को दफा ९(१) बमोजिम नियन्त्रणमा लिई कानुनी दायरमा ल्याईएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास नगरपालिका–६ शिशाघाटका २५ वर्षका सुनिल कुमाल र जुम्लाका अमर बूढा रहेका छन् ।
पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल नेपाल क्रान्तिकारी लमजुङ जिल्ला अध्यक्ष तथा ने.क.पा.(विप्लव) समुहका लमजुङ जिल्ला सदस्य र बुढा जुम्लाका जिल्ला सदस्य हुन् ।
सुनार र कुमाललाई उनकै घरबाट र बूढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक शिद्धीविक्रम शाहले जानकारी दिए ।
कुमालको साथबाट सहयोग रसिद, विभिन्न राजनैतिक पुस्तकहरु, पर्चा पम्प्लेटहरु प्राप्त भएको प्रहरीले जनाएको छ ।
ने.क.पा. (विप्लव) समहुका तनहुँ जिल्ला सदस्य बन्दिपुर गाउँपालिका वडा नं. ५ तनहुँका ३१ वर्षका मयुर बुढा नामले चिनिने अम्मर राज बुढाका साथ बाट विभिन्न राजनैतिक पुस्तकहरु, पर्चा पम्प्लेटहरु प्राप्त भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सुनारको साथ बाट व्याट्री तथा तार, सहयोग रसिद, रवर स्ट्याम्प, विभिन्न राजनैतिक पुस्तकहरु, पर्चा पम्प्लेट लगायतका अन्य पार्टीगत कागजातहरु प्राप्त भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’