ङ । भारतमा काम गर्न गएका दाङका तीन जनाको मृत्यु भएको छ । दाङ शान्तिनगर गाउँपालिका वडा नं २ अमुवा निवासी २४ बर्षीय पूर्णबहादुर वली, २३ बर्षीय नोखिराम भण्डारी र २१ बर्षीय प्रकाश ओलीको मृत्यु भएको हो । खोखिराम र प्रकाशको यही चैत १० गते भारतको कुल्लु मनालीको भीरमुनी मृत अवस्थामा भेटिएका थिए ।
उनीहरु दुबै जनाको चैत १२ गते नेपाल ल्याई आफन्तको जिम्मा लगाई सकिएको छ । पूर्णबहादुर ओलीको शव भने बिहीबार साँझ ७ बजेमात्रै दाङ ल्याइएको हो । लामो समयदेखि बेपता रहेका पूर्णबहादुरको यही चैत २५ गते शब फेला परि बिहीबार दाङ ल्याईएको भएपनि आफन्तले शब बुझ्न मानेका छैनन् । उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । घटना शंकास्पद भएको भन्दै आफन्तले उनको शव बुझ्न मानेका छैनन् ।
घटनाको विवरण
दाङ शान्तिनगर २ अमुवा बस्ने ४६ बर्षीया जाईफलि मिया (मेट)ले दाङ र सल्यानका ६ जना कामदारलाई लिएर भारत गईन् । मिति २०७५-०८-१४ गते शान्तिनगर गाउँपालिका २ अमुवा दाङ बस्ने २३ बर्षीय नोखिराम भण्डारी, सोही ठाउन निवासी २१ बर्षीय प्रकाश वली, सोही ठाउका २४ बर्षीय २४ को पुर्ण बहादुर वली, सोही ठाउँ निवासी २२ बर्षीय ईन्द्र बहादुर बिक, सल्यान छायाक्षेत्र गाउँपालिका ३ दिपाखाना बस्र्ने २९ बर्षीय सेवक थापा र निजको श्रीमती बर्ष २२ की अमृता थापा गरि ६ जनालाई साथमा लिएर शान्तिनगर गाउँपालिका २ अमुवा वस्ने वर्ष ४६ की जाईफलि मिया (मेट) ले लेवर कामको लागी भारत हिमाचल प्रदेशको कुल्लू मनाली तर्फ लगे । तर यही चैत ६ गते सोही शान्तिनगर २ अमुवा निवासी २४ बर्षीय हराई वेपत्ता भएपछि खोजतलाश शुरु भयो ।
यसैबीच घटनाबारे सत्यतथ्य बुझ्न इप्रका तुलसीपुरबाट एकजना प्रहरी अधिकृतसहित स्थानीय जनप्रतिनिधि र पीडित परिवारका सदस्य शुक्रबार नै अनुसन्धानको लागि भारत जाने सहमति भएको दाङ प्रहरी प्रवक्ताडिएसपी विनोद विक्रम शाहले जानकारी दिए।
भारत जान आउन तथा त्यहाँ अनुसन्धानका क्रममा लाग्ने सम्पूर्ण खर्च शान्तिनगर गाउँपालिकाकाले बेहोर्ने सहमति भएको छ। गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले तीन युवाको रहस्यमय मृत्युबारे सत्यतथ्य उजागर गर्न जाने टोलीको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने जानकारी दिए।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण