काठमाडौँ । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने बक्र्यौता रकम नतिरी शक्ति केन्द्र धाउँदै हिँडेका व्यापारीले सकेसम्म राज्यलाई अप्ठ्यारो पार्ने प्रपञ्चमा लागेका छन् । राज्यमारा र प्रयोग गरेको विद्युत्को बिल समेत तिर्न अटेर गर्दै आएका व्यापारीले सर्वोच्च अदालत, उच्च अदालतमा निवेदन दिएकै भरमा उम्कन सकिन्छ कि भनेर अनेकन तिकड्म र षड्यन्त्र समेत जारी राखेका छन् ।
यसै क्रममा घटनामा नयाँ टुइस्ट आएको छ । प्राधिकरणको बिल तिर्न अटेर गर्दै आएका व्यापारीलाई व्यपारीकै अर्का नेताले सामाजिक सञ्जाल फेसबुकमा एक झटारो हानेपछि यतिखेर व्यापारीमा खैलाबैला मच्चिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा ‘फेसबुक काण्ड’ ले हलचल ल्याएको छ । यो खबर आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले आफ्नो फेसबुक पेजमा शेयर गरेको ‘कन्टेन्ट’ ले हलचल ल्याएको स्वयम व्यापारीहरु नै बताउँछन् । श्रेष्ठले गत बुधबार ‘कुलमान घिसिङ बिजुलीको बिल नतिर्ने लुटेराहरुको लिस्ट तयार भएछ’ भन्ने कन्टेन्ट शेयर गरेका छन् । यो कन्टेन्ट सामाजिक संजालमा केही दिनदेखि भाइरल भएको विषय थियो ।
कुनै एउटा समूहले तयार पारेर फेसबुक र ट्विटरमा हालेको कन्टेन्टलाई श्रेष्ठले शेयर गरेका थिए । अनि त के चाहियो र प्राधिकरणको बक्र्यौता नतिर्न अनेकन तिकडम गर्दै आएकालाई समेत त्यसले राम्रै पु¥याएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह