तनहुँ । बन भ्याकुर खादा दमौलीमा १० जना बिरामी भएक छन ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर १ गल्बुबेसिका स्थानीयले बन भ्याकुर खादा बिरामी भएका हुन ।

बिरामी हुनेहरुमा व्यास १ बस्ने वर्ष ३५ कि सिता पहाडी, वर्ष ३३ कि खुसी गुरुङ, वर्ष १२ कि संगिता गोदार, वर्ष ४० कि मायाँ राना, वर्ष ३१ कि गुनुमायाँ गुरुङ, वर्ष ४० कि चन्द्रकला गुरुङ, वर्ष ५० को मिश्र गोदार, वर्ष ९ कि सम्पन्न गुरुङ, वर्ष ५२ को श्रि बहादुर गुरुङ र वर्ष ३६ कि मायाँ गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बिरामीहरुको दमौली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शुक्रबार साझ सवा ८ बजेको समयमा बन भ्याकुर खाई विरामि भएको प्रहरी जनाएको छ ।
बिरामीको उपचारको लागि जिल्ला अस्पताल दमौलि ल्याइएको र बिरामीहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त बन भ्याकुर ब्यास नगरपालिका वडा नं. ६ स्थित कलेस्ती जंगलको भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त स्थानमा प्र.ना.नि.कृष्ण बानियाको कमाण्डमा ५ जनाको टोलि खटिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
फोटो : राजेश क्षेत्री
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला