तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ३ स्थित वि.पि. खेलमैदानमा निर्माणका लागि प्रस्ताव गरिएको वि.पि. बहुउदेश्यीय रङ्गशालाको डिपिआर तयार भएको छ । आइतवार व्यास नगरपालिकामा आयोजित एक कार्यक्रममा डिजाइनको सार्वजनिक गर्दै अन्तरकृया गरिएको छ ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजित अन्तरकृयामा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, व्यानपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ, वडा सदस्य रबिन पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रिसिराम भुुषाल, व्यास नगर व्याडमिन्टन संघका अध्यक्ष जीवन गुरुङ्ग लगायतले राय राख्दै सवै पक्षले रङ्गशाला निर्माण गर्नु सकारात्मक भएको बताएका थिए ।
भ्यान्कटेस इन्जिनियरिङ्ग एशोशियटले तयार पारेको डिपिआरवारे जानकारी दिंदै डाइरेक्टर तथा इन्जिनियर भुपेन्द्र श्रेष्ठले मुख्य प्याराफिटमा ३ हजार र मिनि प्याराफिटमा २ हजार गरी ५ हजार दर्शक क्षमताको मैदान डिजाइन गरिएको जानकारी दिए ।
रङ्गशालामा इलाभेन साइडको फुटवल मैदान सहित २ व्याडमिन्टर कोर्ट र भलिवल कोर्ट समेत निर्माण गरिने भएको छ । योजनाको प्रारम्भिक चरणमा नपाले ४० लाख र एन्फा तनहुँले १० लाख गरी ५० लाग बजेट छुट्याइएको नगर प्रमुख न्यौपानेले जानकारी दिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् : https://www.facebook.com/damaulinews/videos/2219253161486311/
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला