काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामको भ्रमण सकेर कम्बोडिया पुग्दा त्यहाँ उनको भव्य स्वागत र सम्मान भएको छ। नेपालका प्रधानमन्त्रीलाई त्यहाँ राजकीय सम्मानका साथ स्वागत गरियो। पाँचदिन भियतनाम भ्रमण गरेर प्रधानमन्त्री सहित नेपाली भ्रमण दल सोमबार बिहान भियतानाम एयरलाइन्सबाटै कम्बोडिया पुगेको थियो।
प्रधानमन्त्री ओलीसहितको नेपाली मण्डललाई एयरपोर्टमै भव्य स्वागत गरियो। कम्बोडियाको सडकमा नेपाली झन्डावाल गाडीमा प्रधानमन्त्री ओली उच्च सुरक्षा घेरा र सम्मानसहित विभिन्न भेटघाट र कार्यक्रमका लागि हिँडेको दृश्य यो भिडियोमा देख्न सकिन्छ ।
https://youtu.be/8X9cNHGEmRY
भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा ओली वैशाख २६ गते भियतनाम पुगेका थिए। भियतनाममा प्रधानमन्त्री ओलीले भियतनाम८ नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय दिवसलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्रीका साथ नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ।
प्रम ओली र कम्बोडियाली कावा राष्ट्र प्रमुखबीच भेट
प्रधानमन्त्री केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच मंगलबार सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा छन् । उनले सिनेट प्रिसिडेण्टलाई कावा राष्ट्र प्रमुख तोकेका हुन् ।
थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीका अनुसार उनिहरुबीच द्विपक्षीय सम्बन्ध, संसद् र संस्कृतिसम्बन्धी विषयमा छलफल भएको थियो । भियतनामको पाँचदिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली हाल कम्बोडियामा छन् ।
कम्बोडियाको विदेशमामिला मन्त्रालयका अधिकारीले सो भेटघाटले दुई देशबीचको सम्बन्ध बलियो बनाउनाका साथै अर्थ, व्यापार, पर्यटन र संस्कृतिसम्बन्धी सहयोग र संसदीय अनुभव आदानप्रदान गर्न बढावा दिने विश्वास व्यक्त गरेका छन् ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीलगायत छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष