पोखरा । नवलपुरको कावासोतिमा भोलि (शनिबार) हुने गण्डकी प्रदेशस्तरीय गण्डक काव्यधारा कार्यक्रमको तयारी पूरा भएको छ । मध्यबिन्दु प्रज्ञा प्रतिष्ठान, लुम्बिनि वाङ्गमय प्रतिष्ठान र साधना सङ्गमको संयुक्त आयोजना एवं कावासोती नगरपालिकाको सहयोगमा हुन लागेको साहित्यिक कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
पछिल्लो समय समाजमा बढ्दै गैइरहेको सामाजिक विभेद एवं कुरिती तथा राजनितिक अस्थिरतालाई साहित्यमार्फत सहि मार्गमा ल्याउन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको मध्यबिन्दु प्रज्ञा प्रतिस्ठानका अध्यक्ष जीवन सापकोटाको भनाई छ ।
अध्यक्ष सापकोटाका अनुसार वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम दुई सत्रमा हुनेछ । जस अन्तरगत पहिलो सत्रमा बिहान ७ बजेदेखि ९ बजेसम्म निरन्तर कबिता बाचन हुनेछ भने दोस्रो सत्रमा विभिन्न श्रस्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
उनका अनुसार गण्डकी प्रदेशका मनाङ बाहेक सबै १० जिल्लाका २० जनासहित चितवन, रुपन्देही र पश्चिम नवलपरासीका साहित्यकारहरुले निरन्तर कविता वाचन गर्नेछन् । दोस्रो सत्रमा धरा महाकाव्यका लागि डा। नवराज लम्साल, कैकेयी महाकाव्यका लागि गोबिन्दराज बिनोदीलाई विशेष साहित्यिक सम्मानसहित मध्यविन्दु स्वर्णपदक र समालोचक शोक काव्यका लागि कवि दिपक सोतिलाई विशेष सम्मान प्रदान गरिने अध्यक्ष सापकोटाले जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लुम्बिनी वाङमय प्रतिस्ठानका अध्यक्ष डा। धनपती कोइरालाले नवलपुरको कावासोतिमा पहिलो पटक आयोजना गर्न लागिएको गण्डक काव्यधारा साहित्यिक कार्यक्रमले गण्डकी प्रदेशको मात्र नभै देशकै ध्यान केन्द्रित गर्ने दाबी गरे ।
वरिष्ठ साहित्यकारहरुको जमघटले नवलपुर र गण्डकी प्रदेशको मात्र नभै समग्र देशकै ध्यान नवलपुरमा केन्द्रित हुने उनले बताए । उनले गण्डक काव्यधारा कार्यक्रमलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिन प्रतिबद्ध रहेको भन्दै सबैको साथ सहयोग आबश्यक हुने बताए ।
कार्यक्रममा छ्न्देली युवा कवि सुदेश सत्यालसहितका साहित्यकारहरुको बिशेष साहित्यिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु
पूर्व–पश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा
नवलपरासीको विनयी खोला पुलमा बिहीबारबाट गाडी चल्ने
विषालु च्याउ खाँदा १६ जना बिरामी, ३ को अवस्था गम्भीर
पानी परेको बेला दाउन्ने सडकमा राति गाडी चलाउन रोक
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान