किरण श्रेष्ठ, दमौली । तनहुँको सदरमुकाम दमौलीमा मंगलबार गणतन्त्र दिवसको अवसरमा व्यास नगरपालिकाको आयोजनामा नगर सरसफाई कार्यक्रमको आयोजना भएको थियो ।
“नगर सरसफाई कार्यक्रम” भने तापनि दमौली बजारको सफा सडकमा मात्रै सरसफाई कार्यक्रम गरियो ।
कार्यक्रममा जिल्लाका विभिन्न संघसस्था संगै जनप्रतिनिधि, नेता, सरकारी कर्मचारी र सर्वसाधारणहरुको सहभागिता रहेको थियो । सरसफाईको नाउँमा देखावटी काम भएको स्थानिय बताउछन ।
फोटो खिच्नैका लागि पनि कतिपय उक्त सरसफाई कार्यक्रममा देखा परेको स्थानियले बताए । उक्त कार्यक्रमको फोटो सामाजिक संजालमा आए संगै उक्त कार्यको समर्थन भन्दा बढी विरोध भएको देखिएको छ ।

सामाजिक संजालमा प्रेम श्रेष्ठ कमेन्ट गर्छन,”नगर त भन्न मिल्दैन । सफासड्क मात्र भन्न मिल्छ ।” त्यस्तै मनराज गुरुङ यसो भन्छन।,” एकदिन नगर सरसफाई गरेर सफा हुने होइन बरु फोहोर गर्ने माथि कडा रुपमा कारबाही गरे सधै व्यास नगर सफा हुन्छ होइन भने यो खाले कार्यक्रम पुरानो मोडलको भो नयाँ गर्न जरुरि छ ।”
जहाँ सफाई गर्नुपर्ने छ त्यहाँ नगरी सफाई भएकै ठाउँमा पुन: सफाई गर्नु, फोटो खिच्नु, सेल्फी खिचि समाजिक संजालमा पोष्ट गरि आफुलाई प्रचार गर्नु र जनतालाई देखाउने कार्य मात्र भइरहेको स्थानियहरु कै गुनासो रहेको छ ।
दमौली बजार कै मुख्य ठाउँका बाटोमा नाला हुँदाहुँदै पनि पानी जमेको छ । पृथ्वी राजमार्गको बाटो छेउमै नालाको पानी जमेर आवतजावतमा हुने गरेको दमौलीबासि लाई यथावत नै छ ।
व्यास नगरपालिकाले सरसफाई गर्ने अन्य ठाउँ नदेखेरै सफा सडक मै सरसफाई कार्यक्रम राखेको हो त ? भन्ने प्रश्न दमौलिबासिमा उब्झेको छ ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस