तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा तनहुँको दमौलीमा सचिन स्मृति खुल्ला दौड प्रतियोगिता हुने भएको छ ।
“स्वार्थ भन्दा माथी सेवा” एवम् “साथित्व र भातृत्व संगै सेवा ” भन्ने मुल नाराका साथ क्लबले विगतका वर्षदेखि गर्दै आएको सचिन स्मृति खुल्ला दौड प्रतियोगितालाइ यस वर्ष पनि निरन्तरता दिइएको हो ।
२०६९ साल चैत्र २६ गते कोलकत्तामा रोटरीको कन्फ्रेन्समा भाग लिन जाने क्रममा बस दुर्घटना भइ निधन भएका तत्कालिन सहसचिव स्व.सचिन कुमार श्रेष्ठको स्मृतिमा सन् २००३ देखि खुल्ला दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।
रोट्रयाक्ट क्लब अफ दमौलीले २००३ देखी हरेक वर्ष सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्दै आएको बुधबार दमौलीमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
क्लबका पुर्व अध्यक्ष सन्तोष श्रेष्ठले क्लबले स्व.सचिन कुमार श्रेष्ठको सम्झानामा हुदै आइरहेको खुला दौड प्रतियोगिता यहि जेठ १८ गते गर्न लागिएको बताए। खुल्ला दौड प्रतियोगितामा करिव १०० जना धावकहरुको सहभागीता रहने क्लबका अध्यक्ष विपिन श्रेष्ठले बताए ।
दौडको रुट दमौलीको अनसन चौतारी देखि सफासडक तालघरे हुँदै घाँसिकुवा पुगि सोहि रुट फिर्ता भइ पुन अनसन चौतारी आउनु पर्नेछ । उक्त दौडको रुट ८ किलोमिटरको हुनेछ ।
उक्त दौड प्रतियोगितामा प्रथम हुने प्रतियोगिले नगद ८ हजार ५ सय, द्वितीय हुनेले नगद ५ हजार ५ सय, तृतिय हुनेले नगद ३ हजार ५ सय र सान्त्वना हुने दुई जनाले नगद १ हजार १ सय १ पुरस्कार प्राप्त गर्नेछन् ।
उक्त दौड प्रतियोगितामा भाग लिन दर्ता निशुल्क रहेको र क्लबमा सम्पर्क राख्न सकिने कार्यक्रम बताइएको थियो । यो रोट्रयाक्ट क्लब अफ दमौलीको मुख्य कार्यक्रम समेत हो ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला