काठमाडौँ– आज मे ३१ अर्थात आज विश्व सूर्तिजन्य पदार्थरहित दिवस। ‘सुर्तिजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने मुल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर धुम्रपान रहित दिवस मनाइँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्रीबहादुर खड्काका अनुसार नेपालमा झण्डै ९० लाख व्यक्ति धुम्रपान र सुर्तिजन्य पदार्थको सेवनमा रहेका छन् । सुर्तिजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्य हुने गरेको निर्देशक खड्काले बताए।
तर विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सूर्ति सेवनका कारणले हुने गर्दछ भने १० जनामध्ये एक जना वृद्धको अकालमा चुरोट सेवनका कारणले मृत्यु हुने गर्दछ । त्यसैगरी, विश्वभर भइरहेका युद्ध, हिंसा, अपराध, आत्महत्या, दूर्घटना आदि जस्ता विभिन्न कारणले मृत्युदर बढिरहेको छ।
यस्ता विभिन्न कारणबाट मृत्यु हुनेको संख्यालाई जोड्दा समेत धुम्रपानका कारणले हुने मृत्यूको सख्या भन्दा धेरै हुन नसक्ने जानकारहरुले बताएका छन् । मन्त्रालयका अनुसार नेपालमा बर्सेनि २७ हजार १ सय ३७ जनाको सुर्तिजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट मृत्युवरण गर्नु परेको छ।
पछिल्लो समय स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको तथ्याङकका अनुसार फोक्सोको क्यान्सर पहिलो नम्बरमा देखा परेको छ । चिकित्सकहरुले फोक्सोको क्यान्सरका कारण १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाहरुको मृत्यु हुने गरेको बताएका छन्।
उनीहरुका अनुसार सुर्तिजन्य पदार्थको सेवन नगरेको खण्डमा ९० प्रतिशत फोक्सोको क्यान्सर रोगका कारण हुने मृत्युबाट बच्न सकिन्छ । धुम्रपानका कारण मानिसहरुमा फोक्सोका क्यान्सर मात्र नभएर मुटुरोग, मधुमेह, श्वासप्रश्वास, उच्चरक्त चाप जस्ता विभिन्न दिर्घ रोगले भयावह रुप लिँदै गइरहेका छन्।
नेपाल जनस्वास्थ्य संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण भट्टले सुर्तिजन्य पदार्थरहित दिवस वर्षमा एक दिन मात्रै नभएर वर्षैभरी नियमित रुपमा विभिन्न चेतनामुलक कार्यक्रम संचालन गनुपर्ने बताए । उनले भने, ‘७ सय ५३ वटै स्थानीय तह, ७ प्रदेश र संघीय गरी तीन तहकै सरकारले यसलाई विशेष महत्व दिनु पर्छ।’
त्यस्तै, सुर्तिजन्य पदार्थ सेवन नगर्ने तर सेवन गर्ने व्यक्तिको वरिपरि बसी धुँवा लिने ९सेकेण्ड ह्याण्ड स्मोकर० व्यक्तिहरुलाई धेरै असर पर्ने गरेको समेत चिकित्सकहरुले बताएका छन् । नेपालमा ४७ सय ३२ टन चुरोटका फोहोर बट्टा जम्मा हुने गरेको जानकारहरुले बताएका छन् ।deshsanchar
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष