किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरु लाई ह्विलचियर र बैशाखि वितरण गरेको छ । सोमबार एक कार्यक्रमको बीच गाउँपालिकाले उक्त सामाग्री वितरण गरेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिं थापाले बताए ।
बन्दिपुर गाउँपालिकाको विभिन्न वडामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरु लाई उक्त सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।
अपाङ्गता भएका २२ जना व्यक्तिलाई ४ ह्विलचियर, ११ वटा शौचालयका लागि प्रयोग हुने कुर्सी, ४ थान वैशाखी र ३ थान इ-स्टिक सहयोग गरेको बन्दिपुर अपाङ्गता गाउँ सरोकार समितिका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
गाउँपालिकाको ६ वटै वडामा रहेका अपाङ्गता भएका लाई उक्त सामाग्री वितरण गरिएको थापाले जानकारी दिए । करिब १ लाख १० हजार बराबरको सहायक सामाग्री वितरण गरिएको उनले बताए ।
राज्यले दिएको सेवा सुविधाबाट कोहि पनि अपाङ्गता भएका व्यक्ति बन्चित नहोस भनेर उक्त सहायक सामाग्री वितरण गरिएको बन्दिपुर अपाङ्गता गाउँ सरोकार समितिका अध्यक्ष कृष्ण बहादुर थापाले बताए । सहायक सामाग्री अत्यावश्यक भएका अपाङ्गता भएका व्यक्तिहरु लाई उक्त सामाग्री प्रदान गरिएको थापाले बताए ।
अपाङ्ग पनि समाजका सचेत नागरिक भएकाले उनीहरुको जीविकोपार्जनका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड उनले बताए । अपाङ्ग शारीरिक रुपमा अपाङ्ग भए पनि उनीहरुमा बौद्धिक क्षमता उच्च रहेको कसैले पनि उनीहरुलाई हेयको दृष्टिकोणले हेर्न नहुने उनले बताए ।
सामाजिक विकास कार्यक्रम लाई १८ लाख रुपैयाँ
आर्थिक वर्ष २०७५/७६ मा बन्दिपुर गाउँपालिकाले सामाजिक विकास कार्यक्रम अन्तर्गत १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिं थापाले बताए । सोहि बजेट अन्तर्गत उक्त सामाग्री सोमबार वितरण गरिएको हो ।

केहि समय अघि नेत्रहिनहरुलाई हिड्नको लागि १ हप्ते तालिम समेत गाउँपालिकाले संचालन गरेको थियो । अब केहि समयमा नै तालिममा सहभागी नेत्रहिनहरु लाई सेतो छडी वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।
२०० जना लाई अपाङ्ग परिचयपत्र
अपाङ्गता भएका २ सय व्यक्तिहरू लाई गाउँपालिकाले परिचय पत्र वितरण गरसकेको छ । अपाङ्गता भएका व्यक्तिहरूको हितको संरक्षण र संवर्द्धन गर्न, तिनका स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम, पुनर्स्थापना तथा अवसर समानीकरण गराउँदै विकास प्रक्रियाहरूमा समावेशीकरण गराउन परिचय पत्र वितरण गरिएको हो ।
राज्यद्वारा तोकिएका सेवा, सुविधा र अवसरको उचित व्यवस्थापन गराउन अपाङ्ग संरक्षण तथा कल्याण नियमावली २०५१ को नियम ५ अनुसार अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ जारी गरिएको छ ।
बन्दिपुर गाउँपालिका भित्र करिब ४ सय जना अपाङ्गता भएका व्यक्तिहरू रहेको बन्दिपुर अपाङ्गता गाउँ सरोकार समितिका अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए । क, ख, ग र घ गरि चार वर्गमा अपाङ्गता छुट्टाइएको छ । अब ५० जना लाई परिचय पत्र दिइने थापाले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु