शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ। माध्यमिक तहको तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगका प्रशाशकीय प्रमुख डा तुलसी थपलियाले जानकारी दिए ।
लामो समयदेखि रोकिएको लाइसेन्स यस पटक बिषयगत आधारमा खुलाइएको छ । यो पटकदेखि अनलाइनबाटै फारम भर्न सकिने व्यवस्था छ । प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम नलिएकाले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने प्रावधान छ । शिक्षक अभाव हटाउन मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था गरिएको छ ।
साविकका उच्च मावि तहका शिक्षकका लागि पनि लाईसेन्सको परीक्षा हुने व्यवस्था गरिएको छ। सोमबारदेखि लाईसेन्सका लागि असार २२ गते सम्म फारम भर्न सकिनेछ। दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ।
विज्ञापनगत आवश्यक न्युनतम शैक्षिक योग्यता
प्राथमिक तहको वि.नं. ३२/०७६ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४०० पूर्णांकको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको,
निम्न माध्यमिक तहको वि.नं. ३३/०७६ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २०० पूर्णांक सहित परीक्षा दिन चाहेको कुनै एक विषय नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक) मा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको,
माध्यमिक तहको वि.नं. ३४/०७५ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णांक सहित परीक्षा दिन चाहेको कुनै एक विषय नेपाली, सामाजिक विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा कम्तीमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको,
माध्यमिक तहको वि.नं. ३५/०७६ को लागिः
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णांक सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरुमध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र,
माध्यमिक तहको वि.नं. ३६/०७५ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, कृषि (बाली विज्ञान र पशु विज्ञानमध्ये कुनै एक विषयमा कम्तीमा ३०० पूर्णांकसहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको,

सम्बन्धित खबर
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?