पोखरा । धादिङ–पोखरा सम्पर्क समाजले वार्षिक कार्यक्रम अनुसार आयोजना गरेको १६ औं रक्तदान कार्यक्रममा १ सय १३ जनाले रक्तदान गरेका छन् ।
पोखरा सभागृहचोकमा शनिबार पूर्वान्हसम्म आयोजित कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल स्वयं तथा सामाजिक अभियान्ता जितेन्द्रमान शाक्यले ६६ औं पटक रक्तदान गरे । रक्तदान लगत्तै शाक्य ५० किमि साइकल यात्रामा निस्किएका थिए ।
समाजका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं मन्त्री विकास लम्साल, अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालकी अध्यक्ष मञ्जु पौडेल भट्टराई, सामाजिक अभियन्ता जितेन्द्रमान शाक्य, समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार गोकर्ण लम्साल, सचिव सरस्वती श्रेष्ठ सरु, कार्यक्रम संयोजक कमलबहादुर सापकोटा, कार्यसमिति सदस्य माधव लम्साल लगायतले बोलेका थिए ।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष मोहन पण्डितले स्वागत र सञ्चालन महासचिव रामप्रसाद पाण्डे (राजु) ले गरेका थिए । कार्यक्रम क्षेत्रीय रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा भएको हो । समाजले वर्षेनी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो