पोखरा । धादिङ–पोखरा सम्पर्क समाजले वार्षिक कार्यक्रम अनुसार आयोजना गरेको १६ औं रक्तदान कार्यक्रममा १ सय १३ जनाले रक्तदान गरेका छन् ।
पोखरा सभागृहचोकमा शनिबार पूर्वान्हसम्म आयोजित कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल स्वयं तथा सामाजिक अभियान्ता जितेन्द्रमान शाक्यले ६६ औं पटक रक्तदान गरे । रक्तदान लगत्तै शाक्य ५० किमि साइकल यात्रामा निस्किएका थिए ।
समाजका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं मन्त्री विकास लम्साल, अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालकी अध्यक्ष मञ्जु पौडेल भट्टराई, सामाजिक अभियन्ता जितेन्द्रमान शाक्य, समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार गोकर्ण लम्साल, सचिव सरस्वती श्रेष्ठ सरु, कार्यक्रम संयोजक कमलबहादुर सापकोटा, कार्यसमिति सदस्य माधव लम्साल लगायतले बोलेका थिए ।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष मोहन पण्डितले स्वागत र सञ्चालन महासचिव रामप्रसाद पाण्डे (राजु) ले गरेका थिए । कार्यक्रम क्षेत्रीय रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा भएको हो । समाजले वर्षेनी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर