पोखरा । मनसुन शुरुभएपछि मध्यपहाडी लोकमार्गको पोखरा –बागलुङ खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । स्तरोन्नतिको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा –बागलुङ खण्डमा जुनसुकै बेला पनि पहिरो खस्नसक्ने भएकाले जोखिमपूर्ण बनेको हो ।
वर्षा शुरु भएपछि धेरै ठाउँमा पहिरो झरेको छ, भने कटान गरिएका भिरमा जुनसुकै बेला पनि पहिरो खस्ने सम्भावना छ । सडकको पर्वत खण्डमा पर्ने कुश्मादेखि पातीचौरसम्म र डिमुवादेखि नयाँ पुल खण्ड तथा कास्कीमा पर्ने नयाँ पुलदेखि गिरीचोक सम्मको खण्ड पहिरोको उच्च जोखिममा छ । कास्कीको गिरीचोक नजिक निरन्तर पहिरो झरिरहेका कारण समय समयमा यातायात अवरुद्ध भइरहेको छ ।
जुनसुकै बेला पनि माथिबाट पहिरो झर्ने सम्भावना भएकाले यात्रुलाई सचेत भएर यात्रा गर्न आह्वान गरिएको सडक स्तरोन्नतिको काम गरिरहेको एपेक्स कन्ट्रक्सनका परियोजना प्रबन्धक काशीराज बोहराले बताए । निरन्तर पहिरो झर्ने र सफा गर्न समेत कतिपय अवस्थामा कठिन हुने भएकाले यात्रा गर्दा ध्यान दिन आग्रह गरिएको उनले बताए ।
एउटा स्काभेटर तयारी अवस्थामा राखेर पहिरो हटाउने काम भइरहेको बोहराले जानकारी दिए । पहिरो जाने स्थान नजिकबाट झोबाङ हुँदै वैकल्पिक सडक रहेको छ ।सडकको पर्वत खण्डमा डिमुवाको माहुरीभिर, आम्बोट र भ्याप्लेखोला नजिकको भिर, चुवा नजिकैका भिरमा पनि पहिरोको उच्च जोखिम छ ।
पहिरो गएको अवस्थामा हटाउनका लागि डिमुवा, आम्बोट, कुश्मामा स्काभेटर तयारी अवस्थामा राखिएको लामा कन्ट्रक्सनका परियोजना प्रबन्धक गोविन्द भुसालले जानकारी दिए । गएको वर्ष पनि यी स्थानमा भारी वर्षा हुँदा पहिरो र लेदोका कारण पटक÷पटक सडक अवरुद्ध भएका थिए । रासस
फाइल तस्बिर: गुगलबाट
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर