कहिलेकाहीँ एटिएमबाट पैसा झिक्ने क्रममा हाम्रो खाताबाट पैसा काटिन्छ तर एटिएम मेसिनले पैसा दिँदैन । यस्तो बेला तनाव लिने भन्दा पनि समझदारी अपनाउनु उत्तम हुनेछ । खाताबाट रकम काटियो तर एटिएमबाट पैसा नआउँदा यो कुरामा निश्चिन्त हुनुहोस् कि तपाईंको पैसा कतै हराएको छैन । तपाईंको पैसा निश्चित रुपमा फिर्ता हुने छ ।
कसरी ?
बैंकको नियमअनुसार एटिएमबाट पैसा निकाल्दा खातामा पैसा काटियो तर हातमा आएन भने निश्चित रुपमा तपाईंको पैसा कतै हराउने छैन । उक्त पैसा तपाईंको बैंक खातामा फिर्ता आउने छ । यद्यपि यसका लागि केही सर्त रहेका छन् । ति सर्तलाई पालना गर्न आवश्यक छ ।
* एटिएमबाट पैसा आएन तर तपाईंको खाताबाट रकम काटियो भने सबैभन्दा पहिला सम्बन्धित बैंकमा गएर यसबारे जानकारी दिनुहोस् । यदि उक्त समयमा बैंक बन्द रहेछ भने बैंकको ग्राहक सेवा नम्बरमा फोन गरेर जानकारी गराउनुहोस् ।
* ट्रान्जेक्सन फेल भएको उजुरी गरेपछि कम्तीमा एक हप्ता भित्र तपाईंको खातामा काटिएको रकम फिर्ता हुनेछ । त्यसो नभएको अवस्थामा ट्रान्जेक्सन फेल भएको कारण बैंकले बताउने छ । यसका लागि ट्रान्जेक्सन फेल भएको स्लिप बैंकलाई उपलब्ध गराउनुहोस् । स्लिप नपाएको खण्डमा बैंक स्टेट्मेन्ट हेर्नुहोस् ।
* ट्रान्जेक्सन फेल हुँदैमा आत्तिहाल्नु पर्दैन । कम्तिमा २४ घण्टा पर्खनुहोस् । यो अवधिमा खातामा पैसा फिर्ता नआएको खण्डमा बैंकको सम्बन्धित शाखामा लिखित निवेदन दिनुहोस् ।
* निवेदन दिएपछि एकहप्ता भित्र तपाईंको खातामा पैसा फिर्ता हुनेछ । यदि त्यसो नभएको खण्डमा बैंकले थप प्रक्रिया अगाडि बढाएर तपाईंको पैसा फिर्ता गर्ने कार्यमा सहयोग गर्नेछ ।
-खबर हबबाट
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष