पोखरा । हिमालपारीको जिल्ला मुस्ताङमा साउनको अन्तिम साता मुक्तिनाथ यार्तुङ महोत्सव हुने भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा साउन २७ गतेदेखि ३० गतेसम्म महोत्सव हुन लागेको हो ।
परम्परागत रुपमा मनाइँदै आएको यार्तुङ पर्वलाई संरक्षण गर्न यसलाई महोत्सवको रुप दिइएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको यातुङ महोत्सवलाई यसपटक बृहत रुपमा सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले पत्रकार सम्मेलनमा बताए ।
उनका अनुसार गाउँपालिका भित्रको सांस्कृतिक विविधता प्रर्दशन, गाउँ गाउँ बीचका युवाहरुको सम्वन्ध प्रगाढ बनाउन यार्तुङ महोत्सव लाभदायी हुने विश्वास लिईएको छ । धर्मसंस्कृति र परम्परा संरक्षणमा यार्तुङ मेलाले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष गुरुङको भनाई छ ।
महोत्सवले प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९ र नेपाल सरकारको भिजन २०२० लाई सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । मेलामा स्थानीय उत्पादनको प्रर्वद्धनलाई समेत जोड दिइने आयोजकले जनाएको छ ।
याक सवारी, ऐतिहासिक घोडा दौड प्रतियोगिता, परम्परागत मास्क डान्स, सेभेन ए साइड फुटबल प्रतियोगिता महोत्सवको मुख्य आकर्षण रहेका छन् । यस्तै गाउँपालिका भित्रका १९ वटा गाउँको परम्परागत प्रदर्शनका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।
महोत्सवमा चर्चित ख्याती प्राप्त कलाकार निम्त्याएर कन्सर्ट र साँस्कृतिक कार्यक्रम गरिने छ । महोत्सव सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए ।
महोत्सवको करिब १० हजार जनाले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने अनुमान छ । महोत्सव सम्पन्न गर्न गाउँपालिका अध्यक्ष गुरुङको अध्यक्षतामा ७१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु