अछाम । परस्त्रीसँग अवैध सम्बन्ध राखेको अभियोगमा अछामका एक काँग्रेस कार्यकर्ता पक्राउ परेका छन् ।अछामको पञ्चदेवल विनायक नगरपालिका–६, का काँग्रेस वडा सभापति मोहन रावल पक्राउ परेका हुन् । उनलाई शुक्रबार पक्राउ गरिएको स्रोतले जनाएको छ ।
उनले सामुदायिक सिकाई केन्द्रकी एक कर्मचारीसँग अवैध सम्बन्ध राखेको अभियोग छ । स्रोतका अनुसार ती महिलाका श्रीमान् रोजगारीको सिलसिलामा भारतको पुनेमा छन् । ती महिला रावलकी काकी नाता पर्ने बुझिएको छ ।
उनीहरु दुईजनाबीच भएको अन्तरंग कुराकानी बाहिरिएपछि यसको रहस्य खुलेको हो । उनीहरुबीच भएको अन्तरंग कुराकानीको अडियो सार्वजनकि भएसँगै रावललाई विनायक प्रहरीले पक्राउ गरेको हो ।उनीहरुबीच भएको कुराकानीको ६ मिनेट २९ सेकेण्ड लामो अडियो अहिले भाइरल भएको छ ।
अडियोमा उनीहरुबीच केहीदिन पहिले शारीरिक सम्बन्ध भएको र केहीदिनपछि फेरि ‘भेट्ने’ सल्लाह भएको देखिन्छ । फोनमा रावलले ‘आज आउँ कि के गरम भन’ भनेका छन् । जवाफमा ती महिलाले ‘खाट बेस्सरी चु**उँछौ भनेकी छन् । यस्तै, ‘आज सन्चो पनि छैन । पहिरो जाला, बाटो अफ्ठेरो छ, चार/पाँच दिन पर्खेउ’ भन्ने जवाफ दिएकी छन् ।
साथै, दुई/तीन दिन रोपाईँमा व्यस्त हुने भएकाले त्यसपछि भेटौँला भन्ने महिलाले प्रस्ताव गर्छिन् ।यस्तै, ती महिलाले ‘घर (पत्नी)लाई फोन गर्यौ कि नाइँ कि छोड्देउ ?’ भन्दै जिज्ञासा समेत राखेकी छन् ।उनीहरुबीच ती महिलाले भारतबाट पतिले पैसा पठाएको विषयमा पनि कुराकानी भएको छ ।४०/५० बजार पैसा पठाएको र निकाल्न जान नपाएको तथा उताबाट मेसेन्जरमा नम्बर पठाइदिएको ती महिलाले उल्लेख गरेकी छन् ।
स्रोतका अनुसार ती महिलाको मोबाइलमा ‘अटो रेकर्ड’ सिस्मट थियो । जसका कारण उनीहरुबीच भएको कुराकानी रेकर्ड भयो ।चार्जमा लगाएको मोबाइल ती महिलाका देवरले खोलेर हेर्दा अन्तरंग अडियो फेला पारेका थिए । त्यसपछि घटना बाहिर आएको हो ।
-दैनिक नेपालबाट
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण