काठमाडौं । सिधा कुरा जनतासँग टीमबाट दुई महिना अघि छुट्टिएर हालै माउण्टेन टेलिभिजनमा आबद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुई पत्रकार र एक महिला जोडिएको छ । दुरुत्साहनबाट आत्महत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको छ । सोही आधारमा अनुसन्धान भइरहेको मल्लले जानकारी दिएका छन् ।
चितवनको होटलमा बास बस्ने क्रममा आत्महत्या गरेका पुडासैनीको साथबाट डिप्रेशनको औषधिसमेत फेला परेको छ । विगत केही समययता उनले औषधिसमेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेरेका नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका–३ का वडा सदस्य एवं मृतकका छिमेकी दीपक पुडासैनीका अनुसार भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्महत्या गर्न लागेको जनाइएको छ ।
पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेको बताए । सोही भिडियोका आधारमा प्रहरी अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ ।
भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिएको भए पनि भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले शव बुझेर काठमाडौँ लगेको उनले जनाएका छन् । अन्त्येष्टिसँगै कानूनी परामर्श गरेर अघि बढ्ने मृतकका दाजुसमेत पर्ने पुडासैनीले बताएको इहुलाकी डटकमले न्यूज प्रकाशन गरेको छ ।
घटनाको सूक्ष्म अध्ययन भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाउन चाहेको छैन । अनुसन्धान प्रभावित हुने भएकाले सबै कुरा भन्न नमिल्ले प्रहरीप्रमुख मल्लले जानकारी दिएका छन् । पुडासैनीको शव राति काठमाडौँ लगिएको हो । उनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । पुडासैनी माउण्टेन टेलिभिजनमा आबद्ध भएपछि राजमार्गका होटलका बासी र कुहिएका खाना लगायतका स्टिङ अपरेशन गरेका थिए ।
पुडासैनीको मृत्युबारे बोल्न रबी लामिछाने लाइभ आउँदै
पत्रकार शालिकराम पुडासैनीको मृत्युबारे बोल्न रवी लामिछाने लाइभ आउँन लागेको बताएका छन् । सिधा कुरा जनतासँगका निर्माता दिपक बोहोरा र रवि लामिछानेकै कारण आत्महत्या गरेको हल्लाहरु फैलिएका छन् । फेसबुकमा स्ट्याटस लेख्दै रविले भनेका छन्– ‘पशुपति आर्यघाटबाट शालिकराम भाईलाई श्रद्धाञ्जली अर्पण गरेर फर्किदै गर्दा अनेक प्रचार भैरहेको रहेछ। स्पष्ट पार्न केही बेरमा ष्खिभ आउने छु। गल्ती गरेको छैन, छाती चौडा र शिर उचो छ। रहिरहन्छ। धैर्य गर्नु होला।’
https://www.facebook.com/permalink.php?story_fbid=2356896881189137&id=100006065443699
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष