धनगढी । नेपाल–भारत सीमा जोडिएको जिल्ला कैलाली र कञ्चनपुर जिल्लाको सीमावर्ती क्षेत्रमा गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ ।हालसम्म पक्राउ पर्नेमा भारतीय र नेपाली नागरिक हुनु र ठूलो परिमाणमा नेपाली र भारतीय नक्कली नोट बरामद गरिनुले ठूलै गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ ।
प्रहरीले साउन महिनामा मात्रै नक्कली नोट छाप्ने मसिनसहित ७ जनालाई पक्राउ गरेको छ । शुक्रवार प्रहरीले धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलबाट नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–१ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगे्रन्द्र रजवार, चुरे गाउँपालिका–१ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् ।
उनीहरूमध्ये ३ जनालाई फरक–फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सीआईबीको टोलीको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट खोटा नोट छाप्ने १ मेसिन, नोट छाप्न प्रयोग भएको २ सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ ।
प्रहरीले साउन ३ गते २ जना भारतीयलाई पनि नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो । भारतको लखिमपुर खिरीका श्रवणकुुमार सिंह र गुरुजित सिहलाई धनगढी क्षेत्रबाट ४० हजार ९ सय भारुसहित पक्राउ गरेको हो भने साउन १५ गते कैलारी गाउँपालिका–५ का छेदुराम डंगौरा चौधरीलाई नक्कली १ हजार नेपाली दरको २१ थान नोटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष