काठमाडौं । सिधा कुरा जनतासँग टीमबाट दुई महिना अघि छुट्टिएर हालै माउण्टेन टेलिभिजनमा आबद्ध पत्रकार शालिकराम पुडासैनी साउन २१ गते चितवनको एक होटलमा आत्महत्या गरेको अवस्थामा भेटिए । प्रहरीले अनुसन्धान गर्दा दुरुत्साहनबाट आत्महत्या भएको र यसमा दुई पत्रकार र एक महिला जोडिएको भन्दै रवि लामिछाने प्रकरणमा मुछिए । रविले पुडासैनीको दाहसंस्कारपछि फेसबुक लाइभमार्फत नै स्पष्टिकरण दिइसकेका छन् ।
बुधबार पुडासैनीले मर्नु अघि रेकर्ड गरेको भिडियो बाहिरिएको छ । जहाँ रवि लामिछानेलाई सहित अस्मिता (रुकु) कार्की, युवराज कँडेल नै हत्यारा भएको र उनीहरुलाई फाँसी दिनुपर्ने, मानसिक तनाव दिएको, रविले करोडौं पैसा खाने गरेको आरोप लगाइएको छ ।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल गर्माएको छ । एकाथरी रवि लामिछानेको विरुद्धमा खनिएका छन्, उनका समर्थकहरुले पुडासैनीले गलफ्रेण्डका कारण डिप्रेशनमा गएर औषधि सेवन गर्दै आएको र यही कारण झुण्डिएको भन्दै म्यासेजका स्क्रिनसटहरु सार्वजनिक गरिरहेका छन् ।
स्वयं शालिकराम पुडासैनीले पनि गत असार ३१ गते गुरुपूर्णिमाको दिन रविलाई गुरु मान्दै प्रोफाइल पिक्चर अपडेट गरेका छन् । २० दिन पछि नै फेरि किन रविलाई हत्यारा भन्दै फाँसीको माग गरे ? यस विषण्मा पनि रविका समर्थकहरुले आश्चर्य व्यक्त गरेका छन् ।

हेर्नुहोस् सामाजिक सञ्जालबाट लिइएको केही स्क्रिनसटहरु:









https://www.facebook.com/pokharalover/videos/524250481731305/
http://gandaknews.com/rabi-salikram/
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष