पत्रकार शालिकराम पुडासैनी प्रकरणका प्रतिवादीहरु रवि लामिछानेसहित ३ जना पुनः प्रहरी हिरासतमै फर्काइएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले रविसहित अस्मिता भनिने रुकु कार्की र युवराज कँडेलविरुद्ध आइतबार जिल्ला अदालत चितवनमा अभियोग पत्र दायर गरेपनि बयान नसकिएका कारण तीनै जनालाई पुनः प्रहरी हिरासतमै फर्काइको हो । रविसहित कार्की र कँडेल अब अदालतले आदेश जारी नगरेसम्म प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।
जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेपछि आइतबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशमा प्रतिवादीहरुको बयान शुरु भएको थियो ।
आइतबार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ । बाँकी २ प्रतिवादीहरु युवराज कँडेल र रवि लामिछानेको भने बयान बाँकी रहेको जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । अब युवराज कँडेल र रवि लामिछानेको बयान सकिएपछि अदालतमा थुनछेक बहस शुरु हुने छ । थुनछेक बहस सकिएपछि मात्रै अदालतले प्रतिवादीहरुलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने या साधारण तारेखमा छाड्ने भन्ने आदेश जारी गर्ने छ । अदालतले आदेश जारी नगर्दासम्म तीनै जना प्रहरीको हिरासतमै रहनेछन् ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण