पोर्नस्टार हुँदै बलिउड फिल्ममा छाएकी नायिका सनी लियोनीको यतिबेला नेपालमा पनि चर्चा छ । चर्चा हुनुको कारण उनले चलचित्र ‘पासवर्ड’ मा गरेको आइडम डान्स हो । निर्माण टिमका अनुसार सनीले फिल्मका केही दृश्यमा समेत अभिनय गरेकी छिन् ।

त्यसो त सनी यही फिल्मको प्रिमियरका क्रममा नेपाल आउने कार्यक्रम छ । उनले नेपाललाई आफूलाई सबैभन्दा मन पर्ने देश भनेकी छिन् । सनीकै कारण फिल्मको चर्चा हुनुपर्ने हो तर फिल्मले भने खासै चर्चा कमाउन सकेको छैन । सनी नाचेको गीत ‘आजको साम’ ले भने राम्रै चर्चा कमाएको छ ।
फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारको समेत अभिनय छ । एक्सन र सस्पेन्सले भरिपूर्ण भनिएको यो फिल्मको चर्चा भने खासै छैन । न त ट्रेलरले नै खासै चर्चा कमाउन सक्यो ।

भदौ २७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म हलमा कस्तो चल्नेछ भन्ने हेर्न बाँकी नै छ । तर, निर्माण टिम भने सनीकै कारण फिल्म चल्नेमा विश्वस्त छ । जो जसको अभिनय रहे पनि फिल्म पक्कै पनि राम्रै हुनुपर्छ । पोस्टरमा चल्तीका नायकको तस्वीर राखेर फिल्म चलाउने जमाना हराइसकेको बेला सनी लियोनीको आइटम डान्सले फिल्म चल्ला या नचल्ला, त्यो भने हेर्न बाँकी छ ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण