स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ३, ललही मिनडाँडामा बाबु र नाबालक छोराको हत्या भएको छ । मंगलवार विहान सँगै सुतिरहेका बाबुछोराको हत्या भएको प्रहरीले जनाएको छ ।
उनीहरुको अपरिचित व्यक्तिको प्रहारबाट घटनास्थलमै मृत्यु भएको हो । राति सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट ३० बर्षीय बाबु चित्र बहादुर खड्का र ४ बर्षका छोरा रिजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालले जानकारी दिए । बाबुको टाउको र छोराको घाँटीमा प्रहार गरिएको छ । बाबु र छोराको कम्मरभन्दा माथिको भागमा झण्डै आठ-दश ठाउँमा धारिलो हतियारको चोट लागेको छ ।
एउटै कोठाको अर्को खाटमा सुतेकी श्रीमती उठेर चिच्याएपछि मास्क लगाएका व्यक्तिहरु भागेको श्रीमतीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
घटनास्थल इलाका प्रहरी चौकीबाट झण्डै दुई किलोमिटरको दूरीमा रहेको छ । उक्त स्थानमा दुई घर मात्रै रहेको बताइएको छ । घटना कसले र किन घटायो भन्ने खुल्न सकेको छैन । घटनापश्चात स्थानियबासी त्रसित बनेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर