एजेन्सी-अमेरीकामा भएको सडक दुर्घटनामा तीन नेपालीको ज्यान गएको छ । स्थानीय समयानुसार मंगलबार राती मिजुरी राज्यमा एक सवारी साधनले अर्को सवारी साधनलाई ठक्कर दिँदा तीन नेपालीको ज्यान गएको हो ।
ट्राफिक सिग्नल अनुसार सवारी रोकिरहेका बेला पछाडिबाट ठक्कर दिँदा श्रद्धा खनाल ओझा, उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनालको ज्यान गएको हो । श्रद्धाका श्रीमान् कार चालक प्रभास ओझा र छोरा सौर्य ओझा घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ ।

जोप्लिन प्रहरी विभागका अनुसार सवारी खनाल दम्पतीका ज्वाई प्रभास ओझाले चलाएका थिए भने छोरी श्रद्धा खनाल अगाडि बसेकी थिइन् । गोपालको घटना स्थलमै ज्यान गएको तथा आमा र छोरीको उपचारको क्रममा अस्पतालमा ज्यान गएको जोप्लिन प्रहरी विभागका क्याप्टेन निकले सञ्चार माध्यमलार्इ बताएका छन् । घाइते प्रभासको अवस्था स्थिर रहेको छ भने उनका चार वर्षिय छोराको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले बताएको छ । हाल दुवैको उपचार भइरहेको छ ।
प्रहरीको अनुसार ओझाको परीवार ब्ल्यु स्प्रिङसमा बस्दै आएका थिए । खनाल दम्पति छोरीलाई भेट्न र घुम्न ३ महिना अघि अमेरिका पुगेका थिए । ओझा २०१२ मा डिभी परेर अमेरिका गएको बताइएको छ । उनीहरु बिराटनगरका हुन् । पाँच वर्ष अघि उनीहरुको बिहे भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु