अमेरिकामा भयानक दुर्घटनामा ३ नेपालीको मृत्युः छोरी सहित भेट्न गएका बुबाआमाको पनि मृत्यु (तस्विरहरु)

अमेरिकामा भयानक दुर्घटनामा ३ नेपालीको मृत्युः छोरी सहित भेट्न गएका बुबाआमाको पनि मृत्यु (तस्विरहरु)

Fatal-Crash

एजेन्सी-अमेरीकामा भएको सडक दुर्घटनामा तीन नेपालीको ज्यान गएको छ । स्थानीय समयानुसार मंगलबार राती मिजुरी राज्यमा एक सवारी साधनले अर्को सवारी साधनलाई ठक्कर दिँदा तीन नेपालीको ज्यान गएको हो ।

ट्राफिक सिग्नल अनुसार सवारी रोकिरहेका बेला पछाडिबाट ठक्कर दिँदा श्रद्धा खनाल ओझा, उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनालको ज्यान गएको हो । श्रद्धाका श्रीमान् कार चालक प्रभास ओझा र छोरा सौर्य ओझा घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ ।

जोप्लिन प्रहरी विभागका अनुसार सवारी खनाल दम्पतीका ज्वाई प्रभास ओझाले चलाएका थिए भने छोरी श्रद्धा खनाल अगाडि बसेकी थिइन् । गोपालको घटना स्थलमै ज्यान गएको तथा आमा र छोरीको उपचारको क्रममा अस्पतालमा ज्यान गएको जोप्लिन प्रहरी विभागका क्याप्टेन निकले सञ्चार माध्यमलार्इ बताएका छन् । घाइते प्रभासको अवस्था स्थिर रहेको छ भने उनका चार वर्षिय छोराको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले बताएको छ । हाल दुवैको उपचार भइरहेको छ ।

प्रहरीको अनुसार ओझाको परीवार ब्ल्यु स्प्रिङसमा बस्दै आएका थिए । खनाल दम्पति छोरीलाई भेट्न र घुम्न ३ महिना अघि अमेरिका पुगेका थिए । ओझा २०१२ मा डिभी परेर अमेरिका गएको बताइएको छ । उनीहरु बिराटनगरका हुन् । पाँच वर्ष अघि उनीहरुको बिहे भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ